images
images
  • इङलिश प्रिमियर लिगः लेस्टरमाथि चेल्सीको महत्वपूर्ण जित

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    चेल्सीको जितमा एन्टोनियो रुडीगेर र जोर्जिन्होले एक एक गोल गरेका थिए भने लेस्टरका लागि केलेची इहीनाचोले एक गोल गरेका थिए ।

    यो जितपछि चेल्सीले यस सिजनमा शिर्ष चारमा रहने सम्भावना बढेको छ । चेल्सीको यो जितपछि ३७ खेलमा ६७ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लेस्टर सिटीको ३७ खेलपछि ६६ अंक भएको छ र लिगको चौथो स्थानमा रहेको छ ।

    चेल्सीले अब लिगमा आफ्नो अन्तिम खेल एस्टन भिल्लाविरुद्ध मे २३ मा खेल्ने छ । त्यस्तै लेस्टरले भने आफ्नो अन्तिम खेल टोटनह्यामविरुद्ध खेल्दै छ ।

    त्यस्तै गएराती नै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड फुलह्यामसँग १(१ गोलको बराबरीमा रोकिएको छ भने म्यानचेस्टर सिटी ब्राइटनसँग ३(२ गोल अन्तरले पराजित भएको छ ।

    लिग जितिसकेको सिटीको ३७ खेलपछि ८३ अंक भएको छ भने म्यानचेस्टर युनाइटेडको ३७ खेलमा ७१ अंक रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images