images
images
  • एनआरएनए युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाको उम्मेदवारी घोषणा, यस्ता छन् मुख्य एजेन्डा ?

    काठमाडौं-युवा सामाजिक अभियन्ताको रुपमा परिचित नवलपरासीको गैडाकोटमा घर भई क्यान्डामा बस्दै आएकी विमला सापकोटाले (एनआरएनए) को आउँदो निर्बाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

    गैर आवासिय नेपाली संघ एनआरएनएको आगामी अक्टोबर २३–२५ मा हुने विश्व अधिवेशनमा आफ्नो उम्मेदवारी केन्द्रिय युवा संयोजकमा पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

    विमला सापकोटाले सन् २०१३ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा जोडिएकी हुन् । एनआरएनएको करिब एक दशक लामो अभियानमा प्राप्त गरेको अनुभवलाई उनी प्रयोगमा ल्याउन चाहन्छिन्। उनले भनिन्, ‘अव एनआरएनएको नेतृत्व युवा पुस्ताले गर्नु जरुरी छ। यो समयको माग हो।’

    कोराना महामारीमा उनले एनआरएनएको विश्व स्वास्थ्य समितिमा आवद्ध भएर महिला, बालबालिका तथा युवासँगको कार्यक्रम सफलतापूर्वक संयोजन गरिसकेकी छिन्। बालवालिकाहरुको दृष्टिकोणबारे बालवालिकाहरुसँग कार्यक्रम, महामारी र जीवनशैली परिबर्तनबारे किशोर किशोरीहरुसँगको कार्यक्रम, बिधान संशोधनको बेलामा महिलाहरु र युवाहरुको सहभागिताबारे आवाज उठाएको, मोवाइल वल्र्ड बस प्रोजेक्टको लागि सदस्य सचिब भएर काम गरेको थिईन् । क्यानाडामा नेपाली युवाहरुलाई प्रोत्साहित गर्न नेपाली क्यानेडियन क्रिकेट क्लबसंग आबद्ध गराई उनीहरुलाई आवश्यक सहयोग र समर्थन गर्ने काम गरेकी थिईन् ।

    ‘मेरो उद्देश्य नै दोस्रो पुस्तालाई एनआरएनएमा सहभागी गराउने हो। अहिले एनआरएनएमा युवा पुस्ताको आकर्षण न्युन छ,’ उनले भनिन्।

    नवलपरासीको गैडाकोटमा जन्मिएकी विमला सन् २०१२ देखि क्यानडामा बसोबास गर्दै आइरहेकी छिन्। नेपालमा हाल उनको बसाइँ पोखरामा छ। उनले सन् २०१७-१९ सम्म एनसीसी क्यानडाको महिला संयोजक भएर काम गरिसकेकी छिन्।सन् २०१९ देखि उनी अमेरिकी क्षेत्रीय युवा संयोजक भएर काम गरिरहेकी छिन्।

    केन्द्रिय युवा संयोजकमा मेरो उम्मेद्बारी किन ?
    अहिले गैर आवासीय नेपाली संघ बयस्क हुँदै गर्दा सबै क्षेत्रबाट हुनुपर्ने प्रतिनिधित्वमा के कस्तो अवस्था छ? के महिलाहरु समान रुपमा सहभागी छन् त ? के युवाहरुले आफ्नो योगदान दिनको लागि आवश्यक platform तयार भयो त ? अथवा युवाहरुलाई आकर्सण गर्न मुख्य नेतृत्वबाट प्रयासहरु भए त? यदी भए भने खै त अहिले युवाहरु जोडीन आएको ? किन हामीले सधैं युवा तथा महिलालाई सधैं धकेलिरहनु पर्ने? किन उहाहरु स्वतस्फूर्त रुपमा अगाडि आउनु हुँदैन ? पक्कै पनि यी कुराहरु मनन् योग्य छन् ।
    यसै सन्दर्भमा मैले मेरो उम्मेद्वारी दिनुपर्ने मुख्य एजेन्डापनि गैर आवासीय नेपाली संघमा कसरी दोश्रो पुस्ताको अस्तित्वलाई महत्वपूर्ण रुपमा स्थापना गराउने भन्ने कुरामा केन्द्रित रहने छ ।
    १. महिला तथा युवाहरु लाई संरक्षण, परिचालन र प्रोत्साहन गर्दै अगाडि बढाउने
    २. दोश्रो पुस्तालाई नेतृत्वको लागि तयार गर्नमा साथ दिने
    ३. सिर्जनात्मक कार्यक्रमहरु मार्फत प्रबासमा हुर्किरहेको नयाँ पुस्ता आकर्सित गर्ने ।
    ४. संघमा महिलाहरु लाई बढी भन्दा बढी सहभागी गराउन बिभिन्न कार्यक्रमहरु गर्न सहयोग गर्ने ।

    एनआरएनए युवा संयोजकमा मत दिन अपिल

    bimala sapkota new final photo

    गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्व चयनको संघारमा आसन्न निर्वाचन २०२१ मा अन्तराष्ट्रिय युवा संयोजक पदका लागि म बिमला सापकोटाले उम्मेदवारी दिने निर्णय गरेकी छु । हाल म अमेरिकाज क्षेत्रको क्षेत्रीय युवा संयोजक भएर काम गरी विगत एक बर्ष देखि अन्तराष्ट्रिय युवा संयोजकको जिम्मेवारीको लागि तयारी पनि गर्दै आएकी छु त्यसैले म आफू यस पदका लागि योग्य छु भन्ने मेरो दावी र विश्वास रहेको छ।

    गैरआवासीय नेपाली संघमा महिलाहरुको नेतृत्व कमी भएको अवस्थामा नेतृत्वको लागि तयार भएर आएका म जस्ता अन्य क्षमतावान युवा अनि महिलाहरुलाई यहाँहरु सबैले सहयोग गर्नुहुने कुरामा मेरो पूर्ण रुपमा विश्वास छ।

    म एक युवा तर महिला भएकोले दुवैको प्रतिनिधित्व गर्नेछु तर म केवल महिला भएकोले प्राथमिकता पाउनको लागि मात्र यसो भन्दै छैन। आफुमा भएको आत्मबिश्वास र बिगतको अनुभबले पनि मलाई काम गर्न अझै उत्साह र उर्जा मिलेको छ। त्यसैको फलस्वरुप म आफ्नो उमेद्वारी घोषणा गर्न चाहन्न्छु।

    गैरआवासीय नेपाली संघमा दोश्रो पुस्तालाई जोड्ने र नेपाल सँगको आत्मियता बढाउनका लागि बिभिन्न सामाजिक कार्यक्रमहरु रचनात्मक रुपमा अगाडि बढाउनु पर्ने अहिलेको अवस्थामा मेरो सक्रिय योगदान रहने छ।

    मेरो यस अभियानमा विश्व भरिका सबै गैरआवासीय नेपालीहरुसँग सहयोग, समर्थन र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु।

    बिमला सापकोटा
    युवा संयोजक, अमेरिकाज क्षेत्र
    गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद
    तथा
    युवा संयोजकका लागि उम्मेदवार
    गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images