images
images
  • रबिना थापालाई सघाउने निर्णय भएको छैन: जनसम्पर्क समिति युके (विज्ञप्ति सहित)

    लन्डन-नेपाली कांग्रेसको भ्रातृसंस्था, नेपाली जनसम्पर्क समिति युके, का सभापति युवराज गुरुङले एनआरएनए केन्द्रको चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्ने निर्णय नभएको खुलासा गरेका छन्।

    सभापति गुरुङले नेपाली जनसम्पर्क समिति युके कार्यसम्पादन समितिको आइतबार बसेको बैठकमा क्रियाशील सदस्यता नवीकरण र अधिवेशनको बारेमा मात्रै निर्णय भएको स्पष्ट पारे।  रबिना थापालाई सहयोग गर्ने भन्ने बारे बैठकले कुनै निर्णय गरेको छैन।  त्यसैले कुनै भ्रममा नपर्न म आदरणीय जनसमुदायमा अनुरोध गर्दछु,” उनले भने।

    गुरुङले सोमबार एक विज्ञप्ति निकाल्दै एनआरएनए आइसीसीको आगामी निर्वाचन सम्बन्धमा नेपाली कांग्रेस पार्टीको निर्देशन अनुसार नै नेपाली जनसम्पर्क समिति बेलायतले सहयोग र समर्थन गर्ने जनाए । उनले आफ्नो हस्ताक्षर विना जनसम्पर्क समिति  युकेको  लेटरहेडको दुरुपयोग गरिएको बारे समितिले छानबिन शुरु गरेको पनि बताएका छन्।

    यसअघि गुरुङ सहित प्रवासमा रहेका जनसम्पर्क समितिका सभापतिहरुको एक बैठकले एनआरएनएका सल्लाहकार कुल आचार्यको टिममा बसेर उम्मेदवारी दिन रबिना थापालाई आग्रह गरेको थियो ।

    गत अगष्ट ८ तारिखमा अल्डरशटमा एनआरएनए युकेका नवनिर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा बोल्दै रबिना थापाका दाजु तथा एनआरएनए युकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले पनि आगामी निर्वाचनमा  एनआरएनएको अध्यक्ष पदमा कुल आचार्यलाई जिताउन सार्वजनिक रुपमा अपिल गरेका थिए।

    हाल काठमाडौँमा रहेका आचार्यले यसै साता एनआरएनएको रुपान्तरणको एजेन्डा सहित अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने तयारी गरिरहेको बताइएको छ।

    241303105 1186520838516816 3248764974087614458 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images