images
images
  • एनआरएनए एशिया प्याशिफिक उप-संयोजकमा जापानबाट ददीवल खड्काले उम्मेद्वारी दिने

    टोकियो – जापानका सफल व्यवसायी तथा समाजसेवी ददीवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक उप(संयोजक पदमा उम्मेद्वारी दिने बताएको छ ।

    “सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार, पारदर्शिता र सहभागिता संस्थागत विकासको आधार” भन्ने नारा सहित एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय समितिको उप-संयोजक पदमा जापानबाट खड्काले उम्मेद्वारी दिने बताएको हो ।

    एनआरएनए आईसीसी सदस्य खड्काले आफू जीत हासिल गर्न उम्मेद्धारी दिन लागेको बताउदैं हारजीत जे भए पनि एक पटक एसिया क्षेत्रीय समितिको उप(संयोजक पदको दाबी गरि मैदानमा आएको बताए ।

    जापानको सफल ब्यवसायी खड्काले एनआरएनएभित्रको अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित एनआरएनएको एसिया क्षेत्रीय समितिको उप(संयोजकमा आगामी २०२१-०२३ को कार्यकालका लागि उम्मेद्धारी दिन लागेको हो ।
    जापानमा करिब तीन दशक लामो बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका खड्काले यसअघि एनआरएनए जापानको अध्यक्षमा दाबी गर्नु भई सहमतिको लागि उम्मेद्धार फिर्ता गरेको थियो ।

    नेपाली समुदायमा आफुलाइ समाजसेवी र अपठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसकेका खड़काले एनआरएनए एशिया प्याशिफिक उप संयोजकमा उम्मे दिनेद्धारी निधो गरेका हुन ।

    एनआरएनए ग्लोबल सम्मेलन आगामी अक्टुबर २३ देखि २५ तारिख उद्घाटन र २७ तारिख निर्वाचन हुने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images