images
images
  • एनआरएनए अध्यक्षमा रबिना र महासचिवमा विनयलाई समर्थन गर्ने जनसम्पर्क समिति बेलायतको निर्णय

    लन्डन – नेपाली जनसम्पर्क समिति बेलायतले आगामी एनआरएनएनको निर्वाचनमा अध्यक्षमा रबिना थापा र महासचिवमा विनय अधिकारीलाई समर्थन गर्ने निर्णय गरेको छ । जसस युकेको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    थापा नेपाली जनसम्पर्क समिति, जापान र अमेरिकाको समेत संस्थापक सदस्य हुनुहुन्छ । बैठकमा नेपाली काँग्रेसको क्रियाशील सदस्यताको प्रक्रिया र मितिको बारेमा बिभिन्न निर्णय भएका छन।

    बैठकले बेलायतका कार्यसमितिका पदाधिकारीहरु, सदस्यहरु, सल्लाहकारहरु, क्रियाशील सदस्यहरु, केन्द्रियसभा सदस्यहरुलाई कांग्रेस महाधिवेशनको तयारीमा लाग्न निर्देशन दिने समेत निर्णय गरिएको छ।

    जसस बेलायतको यो निर्णयले अध्यक्षका लागि चर्चामा रहेका बेलायत निवासी पूर्व उपाध्यक्ष कुल आचार्य नचिन्ने भएको छ । यो निर्णय संगै एनआरएनए आसिसी अध्यक्षका लागि रबिना थापा र उहाँको समुहको उम्मेदवारी झन ससक्त बनेको देखिएको छ ।

    यसैगरी जसस युकेले उपाध्यक्षमा थर्क सेन, युरोप सह सयोजकमा दयादनिधि सापकोटालाई पनि समर्थन गर्ने निर्णय गरेको छ ।

    Letter

    प्रतिक्रिया दिनुहोस्
    images
    images