images
images
  • एनआरएनए सचिव पदमा बेल्जियमबाट गंगाधर गौतमको उम्मेदवारी घोषणा

    काठमाडौं-गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आशन्न दशौँ महाधिवेशनको संघारमा तिव्र रुपमा माहोल तातिरहेको बेला बेल्जियमबाट गंगाधर गौतमले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    एनआरएनए एनसीसी बेल्जियमको (२०१५–१९) मा अध्यक्षसमेत रहेका गौतम वर्तमान एनआरएनए आईसिसी मानार्थ सदस्य एवं एनआरएनए विधान शंशोधन समितिको सदस्य हुन् । नेपाली कांग्रेसका नीति अनुसन्धान तथा प्रशिक्षणका केन्द्रिय सदस्य एवं अन्तराष्ट्रिय संयोजक हुन् । युरोप क्षेत्रका महामन्त्री, जनसम्र्पक समिती बेल्जियमका पुर्व अध्यक्ष हुन् ।

    एनआरएनमा अब पुनःसंरचनाको खाँचो रहेको र त्यसको लागि समावेशी तरिकाबाट युवा तथा महिलामैत्री संस्था बनाउनु पर्नेमा उनको जोड छ ।
    एनआरएनए स्थापनाको आज १८ वर्षसम्मपनि मुख्य मुद्धा नै हल नभएको भन्दै एक पटक नेपाली सधैको नेपाली भन्ने नारालाई सार्थक तथा नेपाल सरकार र राजनैतिक दलहरु विचको समझदारीबाट संविधान शंशोधन गरे दोहोरो नागरिकताको सम्बन्धि विवाद हल गर्न पर्ने उनको तर्क छ ।

    एआरएनएहरुका मुल मुद्धालाई हल गर्न र संस्थाभित्र राजनैतिक रोकलाई थप कडाई गर्नुपर्ने तर राजनैतिक ब्यक्तित्वको साझेदारीबाट मात्रै नेपालको राज्य ब्यावस्था र नेपालका राजनैतिक दहरुसंग बार्ता गर्न मात्रै नागरिकता, अन्य मुलमुद्धाहरु हल गर्न सकिने गौतमको दाबी छ ।

    डायास्पारा बस्ने नेपालीहरुले नेपालको समृद्धिमा गैरआवसिय नेपालीहरुले ल्याउन कुनै हालतमा नसक्ने गौतमले विश्व खवरसँग भने । नेपालको समृद्धिमा साझेदारी गरेर हातेमालो गर्न मात्रै सकिन्छ नेपालको समृद्धिको लागि आम नेपाली र नेपाल सरकार राजनैतिक दलहरु एक जुट नहुँदा समेत नेपालको समृद्धि सम्भव छैन् ।

    मेरो धेरै सपना छैनन् एनआरएनएमा डायास्पारा बस्ने नेपालीहरुलाई सबैलाई सम्मान हैसियता कायम गर्ने हो, जुन आज जतातै एउटा आरोप छ धनीहरुको संस्था भनेर चिनिएको छ त्यसलाई मेट्ने सबै नेपालीको साझा संस्थाको रुपमा लैजाने आफुसंग छुट्टै खाका उनको दाबी छ ।

    वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, वैदेशिक रोजगारीमा जाने श्रमिक नेपालीहरुको पक्षमा पहिलो प्राथमिकतामा राखेर सरकारसंगको साझेदारी संस्थाले काम गर्ने बताए । स्वास्थ सुरक्षा तथा सचेतना कार्यक्रम देखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरण गर्ने योजना रहेका छ ।

    नेपालमा लगानी तथा पर्यटन नेपाल भित्र्याउन पहल गर्दै आएका र सम्पुर्ण एनआरएनका अभियान्तहरुले समेत साथ दिनेमा विस्वस्त रहेको उनले बताए ।

    गौतम एनआरएनए विद्यान समिति सह-संयोजक तथा जनसम्पर्क समिति बेल्जियमको पूर्व अध्यक्ष समेत हुन् ।बाग्लुङ बहुमुखी क्याम्पसको स्वस्यु सभापति र नेपाल विद्यार्थी संघ बाग्लुङ को जिल्ला सभापति बनेका थिए ।

    डेढ दर्शकदेखी बेल्जियमम बस्दै आएका गौतमको नेपालमा जलविद्युत, वितिय क्षेत्र लगाएतमा उनको लगानी छ ।एनआरएनको अभियानमा उनको उम्मेदवारी सगै अर्थपुर्ण रुपमा समेत हेरिएको छ ।

    गैरआवाशिय नेपाली संघको विश्व सम्मेलन आउदो महिनाको अक्टोबर २३ देखी २६ मा काठमाण्डौ हुने भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images