images
images
  • एनआरएनए एसिया प्यासिफिक सह-संयोजकमा मलेसियाबाट विश्व राईको उम्मेदवारी

    मलेसिया-गैरआवासीय नेपाली संघ एनआरएनएको आगामी कार्यकालका लागि एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक पदमा मलेसियाबाट विश्व राईले उम्मेदवारी घोषणा गरेका छन ।

    एनआरएनएको आगामी कार्यकाल २०२१-२०२३ का लागि राईले एसिया प्यासिफिक क्षेत्रबाट संघको केन्दीय तहमा बलियो प्रतिनिधित्व दिलाउन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनए आइसीसी सदस्य रहेका राई एनआरएन मलेसियाको संस्थापक सदस्य हुन् ।

    एसिया प्यासिफिक सहसंयोजकको उम्मेदवारी घोषणा गर्दै राईले आफ्ना प्रतिवद्धता पनि सार्वजनिक गरेका छन् । उनले एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुका हितमा काम गर्न, सुरक्षित व्यवस्थित र मर्यादित बैदेशिक रोजगारीको पहल एवं प्रबद्र्धन गर्न, मलेसिया लगायत एसियामा आपतमा परेका नेपाली श्रमिकका लागि सुरक्षित गृह संचालनमा पहल गर्न, स्वदेशी उत्पादन र पर्यटनको प्रवर्धन गर्न, कोभिड प्रभावित वा यससम्बन्धी मनोपरामर्श अभियान संचालन गर्न, श्रमिकहरुबीचमा उद्यमशीलताको विकास र प्रबद्र्धन गर्न साथै संघको एसिया क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

    bishwo rai 1

    राईले भनेका छन्-‘ सबैभन्दा ठूलो बल भनेको नै मातृभूमीप्रतिको माया नेपालीहरुबीचको सद्भाव, एकता, समाजसेवा रहेकाले एक पटक माथिल्लो पदमा रहेर काम गर्ने मौका दिनुहोला ।’

    आगामी अक्टोबर २३ देखि २५ सम्म हुने केन्द्रीय महाधिवेशनले एनआरएनए आइसीसीमा नयाँ नेतृत्व चयन हुँदा राई एसिया क्षेत्रको सहसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    राईले आफ्ना एजेण्डालाई पुरा गर्नका लागि सबैका सहयोगको आश्यकता रहेको बताए । राईले आफ्नो उम्मेदवारीका बारेमा रोजगार मञ्चलाई भने-‘सबैले मिलेर मलाई सहसंयोजकमा जिताउनु भयो भने, एसिया प्यासिफिकका मुद्धालाई अझ बुलन्द बनाउनेछु ।’

    राइले एसिया क्षेत्रलाई एनआरएनएभित्र अझै बलियो प्रतिनिधित्व गराउन सहसंयोजक पदमा विजयी गराउनसबैलाई सहयोगको अपिल गरेका छन ।

    मलेसियामा सन् २००८ मा संघको राष्ट्रिय समन्वय परिषद स्थापना गर्दादेखि निरन्तर लागिरहेका राई एनआरएन मलेसियाको एक खम्बा हुन् । एनआरएनए मलेसियाको संस्थापक सदस्यदेखि महासचिव, उपाध्यक्ष, अध्यक्ष र आइसीसी सदस्य लगायत विभिन्न पदमा रहेर काम गरिसकेका राई नेतृत्वका लागि अब्बल छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images