लन्डन-एनआरएन महासचिवको उम्मेवादार विनय अधिकारीले विश्वभरिका नेपालीहरुको साझा तथा स्वतन्त्र संस्थालाई राजनीतिक भागबण्डाको भर्तीकेन्द्र बनाउन नहुने बताए । अधिकारीले संस्थाको मर्यादा विपरित रहेर राजनीतिक भागबण्डा र नाताबाद हावी गरिएको भन्दै गम्भिर आपत्ति जनाए ।
उनले भने, ‘गैर आवासीय नेपाली संघ पूर्व पश्चिम देखि उत्तर दक्षिणका सम्पूर्ण आम नेपालीहरुको साझा संस्था हो । यसमा कुनै पनि किसिमको बाह्य शक्ति, आर्थिक पलोभन र राजनीतिक बल प्रयोग गर्न नहुने र संस्थाको विधि विधानलाई आत्मसाथ गर्दै यसलाई म¥यादित बनाउदैं पर्नेमा यस विपरित भएको हुँदा यस्ता कृयाकलापले संस्थाको बदनाम सिवाय अरु केहि आशा गर्न सकिदैन ।’
आफ्नो व्यक्तिगत कामलाई थाति राखेर ईमान्दार कर्तव्यनिष्ठ र सबैको पक्षमा बोल्ने व्यक्तिलाई पाखा लगाउँदै चुनावी इगो बनाएर नातावाद हावी गरिएको अधिकारीको भनाइ छ । चुनाव भनेको हार र जितको एउटा प्रक्रिया हो । यसमा दुईमत छैन तर विचमा षड्यन्त्र गरि कसैलाईपछि पार्नु भनेको दुर्भाग्य हो ।
आगामी दिनहरुमा यस्ता गतिविधबाट संस्थालाई टाढा राख्नु पर्छ विधि विधानलाई उलंघन गर्ने कामले संस्थालाई पतनको बाटोतर्फ लैजाने भन्दै यस विषयमा सबै सजग हुनुपर्ने आवश्यक रहेको अधिकारीले बताए ।


विश्व खबर 



















