images
images
  • प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन

    काठमाडौं – नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशित भएको छ

    नेपाल प्रहरीमा जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान अनुसार पदपूर्ति गर्न २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका खुल्ला, अमर अशक्त प्रहरी परिवार तथा समावेशी समूह तर्फका उम्मेदवारहरुको शुक्रबार अन्तिम नतिजा प्रकाशन गरिएको हो ।

    अन्तिम नतिजामा उत्तीर्ण हुने सम्बन्धित उम्मेदवारहरुलाई २०७८ भदौ २८ गते सोमबार प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न सुचित गरिएको छ ।

    उक्त नतिजाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटबाट प्राप्त गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images