images
images
  • सहकर्मीको हत्या र एसएमजी चोरी मुद्दामा सैनिक गंगाधरलाई जन्मकैद

    भरतपुर – नेपाली सेनाको चितवनस्थित कालीबहादुर गणबाट हतियार चोरी गरी आफ्नै सहकर्मीको हत्या गर्ने चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर ढकाललाई समरी जनरल सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । भद्रकालीस्थित सैनिक मुख्यालयमा बुधबार बसेको अदालतले ढकालविरुद्ध यस्तो फैसला गरेको हो ।

    ढकालविरुद्ध ज्यान मुद्दा र हतियार चोरीसम्बन्धी मुद्दा लगाइएको थियो । त्यसमा आफ्नै संलग्नता स्वीकार गरेपछि अदालतले ढकालविरुद्ध जन्मकैद ९२५ वर्ष०को फैसला गरेको सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए । ‘ढकालविरुद्ध दुईवटा मुद्दा दायर भएको थियो । सोही मुद्दाको सैनिक अदालतमा बहस भयो । प्राप्त प्रमाणका आधारमा अदालतले ढकालविरुद्ध जन्मकैदको फैसला गरेको छ । आरोपितले पनि कसुर स्वीकार गरेका छन्,’ प्रवक्ता पौडेलले बताए । अदालतको फैसलापछि ढकाललाई बिहीबार नै सुन्धाराको जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा पठाइएको छ ।

    उनले गत ७ साउनमा धादिङ नीलकण्ठ– ७ का भरत गुरुङलाई गोली हानी हत्या गरेका थिए । मृतक गुरुङ र ढकाल काठमाडौंको शिवपुरीस्थित सेनाको दी फेमस महिन्द्र दल गणमा कार्यरत थिए । जग्गा किन्न हिँडेका गुरुङको शव ७ साउनको दिउँसो चितवनको भरतपुर– १७ सिमलडाँडास्थित नालामा फेला परेको थियो । गुरुङको हत्यामा ‘केआर १००७९२’ नामको एसएमजी (सर्ट मेसिनगन) प्रयोग गरेका थिए । जुन हतियार उनले तीन वर्षअघि कालीबहादुर गणको हतियार गरतबाट चोरी गरेका थिए । अदालतसमक्ष उनले आफ्नै संलग्नतामा उक्त हतियार चोरी गरेको बयान दिएको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए ।

    उनले भने, ‘तीन वर्षअघि कालीबहादुर गणबाट चोरी गरिएकै हतियारबाट उसले गुरुङको हत्या गरेको अदालतमा स्वीकार गरेको छ । सोही आधारमा अदालतले पनि आवश्यक सजाय सुनुवाइ गरेको हो ।’

    त्यसलगत्तै भएको अनुसन्धानमा गुरुङको हत्यामा सोही गणमा कार्यरत चितवन भरतपुर– २१ का २६ वर्षीय गंगाधर ढकाल संलग्न रहेको देखाएपछि भरतपुरको चनौली बजारबाट प्रहरीले पक्राउ गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images