images
images
  • एनआरएनए युवा उपाध्यक्षमा अष्टेलियाबाट स्वतन्त्र प्रताप शाहको उम्मेदवारी दिने

    काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १० औं विश्व सम्मेलनमा युवा उपाध्यक्षमा अष्टेलियाबाट स्वतन्त्रप्रताप शाहले उम्मेदवारी दिन लागेको ह्न् ।

    ‘एनआरएनएको अवको नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ, लामो समयदेखि युवाको पक्षमा आवाज उठाउँदै आइरहेको र सबै युवाहरूले मलाई दबाब दिएपछि उम्मेदवारी दिने निर्णय गरेको शाहले बताए ।

    एनआरएनएमा पछिल्लो समय युवाहरूको उपस्थिति कमजोर बन्दै गइरहेको छ। संस्थामा युवाहरूको आकर्षण बढाउन थुप्रै पदाधिकारीले योजनासहित आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

    शाहले भने, ‘हिजो पनि युवाको नाममा भाषण ठोक्ने काम मात्र भयो, व्यवहारमा लागु भएको देखिएन। अव युवाका लागि सोच्ने बेला आएको छ।’

    एनआरएनएमा युवाको नेतृत्व हुनुपर्छ भन्ने थोरै पदाधिकारीमा उनी पर्छन। यसपालि उनी विगतको हारलाई उल्टाएर युवा नेतृत्व सम्हाल्ने अभियानमा छन्। ‘मलाई साथीभाईले नै उठ्न प्रेरित गरेको हुनाले यसपालि नतिजा मेरो पक्षमा हुनेमा ढुक्क छु,’ उनले भने।

    एनआरएनएमा यसअघि युवा उपाध्यक्ष रहने प्रावधान थिएन। तर, संघले विधान संसोधन गर्दै आगामी कार्यकालबाट युवा र महिला उपाध्यक्ष रहने व्यवस्था गरेको छ।

    सुदुरपश्चिम प्रदेशको धनगढी स्थाई घर भएका शाहले अस्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएका छन्। उनी सफल युवा व्यवसायी हुन् । नेपालमा रेमिट, जलविद्युत, शिक्षा क्षेत्र लागनी छ ।

    युवा उपाध्यक्ष पदका लागि नेदरल्याण्डबाट वर्तमान युवा संयोजक हिमाल गुरुङ र मध्यपूर्व युवा संयोजक राज रेग्मीले पनि उम्मेदवारी घोषणा गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images