images
images
  • कुल आचार्य भन्छन्ः ‘नेपालको सम्पत्ति सुरक्षाको लागि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउनुपर्छ’

    काठमाडौं-गैर आवसीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार तथा आसन्न १०औं विश्व सम्मेलनमा अध्यक्षका प्रत्यासी कुल आचार्यले नेपालीको सम्पत्तिको सुरक्षाका लागि गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा आउनुपर्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आचार्यले गैरकानुनी रुपमा नेपालको सम्पत्ति विदेशीरहेको र गैरआवसीय नागरिकताको व्यवस्था नहुँदा सम्पत्ति पलायन भइरहेको बताएका हुन् ।

    विदेशी पासपोर्ट लिएकाहरुले त्यसलाई त्यागेर नेपाली पासपोर्ट लिएर नेपालमै लगानी गर्न चाहनेहरुका लागि नागरिकता अनिवार्य भएको भन्दै विदेशमा गरिरहेको लगानी नेपालमा भित्र्याउन पनि नागरिकता आवश्यक भएकाले संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन जरुरी भएको उनले बताए ।

    आफूले पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको जानकारी दिंदै उनले देश विकासका लागि सरकारले डायसपोरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    विश्वका करिब ९० देशमा विस्तार भइसकेको एनआरएनए सदस्यहरुको ‘टाउको बेचिने’ डर बढ्दै गएकाले संस्थालाई पारदर्शी र अनुशासित बनाउन जरुरी रहेको उनको भनाइ थियो ।

    आगामी अक्टोबर २३-२५ सम्म काठमाडौंमा हुन गइरहेको १०औं सम्मेलनमार्फत आफूले ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल नारालाई सार्थकता दिनका लागि प्रवासी नेपालीहरुलाई एकजुट गराउँदै सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

    महासचिबका प्रत्यासी डा-केशव पौडेलले एनआरएनएलाई सही दिशानिर्देश आवश्यक भएकाले विश्वभरका प्रवासी नेपालीहरुको एकता र सहकार्य आवश्यक रहेको औंल्याए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images