images
images
  • आधुनिक तालिवान शासनः समाचार प्रस्तोताको काँधमा तेर्साइन्छ बन्दूकको नाल

    काबुल – एक समाचारबाचक टेलिभिजन स्टुडियोमा समाचार पढिरहेका छन् । बन्दूकधारी लडाकूहरुको एउटा समूह अकस्मात स्टुडियोमा पस्छ ।

    केही लडाकूले समाचार प्रस्तोताको काँधपछाडि बन्दूकको नाल तेर्साउछन् र आफूले भने जस्तो समाचार पढ्न दबाब दिन्छन् । यो दृश्य हो आधुनिक अफगानिस्तानको एउटा टेलिभिजन स्टुडियोको ।

    ४२ सेकेण्ड लामो सो भिडियो क्लिपमा समाचार प्रस्तोतालाई ८ जना सशस्त्र तालिवानले घेरिरहेको देखिन्छन् । उनीहरुले तालिवानको समर्थन जनाउने सामाग्री पढ्न दबाब दिइरहेका थिए । मंगलबार विहानसम्म सो भिडियो १० लाखले हेरिसकेका छन् ।

    बिबीसीका याल्दा हाकिमले ट्विट गरेको सो भिडियो क्लिपमा आइतबार दिउसो स्टुडियोमा पुगेर तालिवानले समाचार प्रस्तोतालाई आफूसँग बोल्न दबाब दिएका थिए । प्रस्तोताले लडाकूसँग ‘अन एयर’ मै बहस गरेका थिए ।

    तालिवानको दबाबपछि प्रस्तोताले अफगान सरकारको पतनबारे चर्चा गर्दै अफगानीलाई त्रसित नहुन आग्रह गरेका थिए । प्रस्तोताले सर्बसाधरणलाई स्टुडियोबाटै तालिवानलाई सहयोग गर्न आव्हान गरेका थिए ।

    इरानी पत्रकार मासी अलिनजादले सो भिडियो रिट्विट गर्दै लेखेका छन् , ‘यो भिडियो अस्वभाविक छ । तालिवानले समाचार प्रस्तोतालाई बन्दूकको नाल देखाएर आफ्नो धारणा व्यक्त गर्न लगाएका छन् । ’ एजेन्सी

    प्रतिक्रिया दिनुहोस्
    images
    images