काठमाडौं-गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए । उनले एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुन् । उनले जापानमा बसोबास गर्दै आएका छन् । संघको हालको आमदानीबारे उनले भने, असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति रहेको छ । र, सबै देशहबाट सदस्यत शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ ।
उनले अगाडि भने, यो अधिवेशनसम्म हामीले ९-१० करोड जति आम्दानी गर्छौं । २००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उनले उल्लेख गरे।हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भने, ‘यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।’
यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उनको छ ।यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उनले बताए । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उनको भनाइ छ । अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।


विश्व खबर 



















