काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १(१ गोलको बराबरीमा खेलेको हो ।
पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
रेफ्रीले रीस जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिरसमेत पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातले क्लियर गरेका थिए। बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।
चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। राति नै भएको अन्य ५ खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १(१ को बराबरी खेले । घरेलु टोली ब्राइटन एभर्टनसङ २(० गोल अन्तरले पराजित भयो ।
न्युक्यासल र साउथह्याम्पटनले २(२ को बराबरी खेल्दा लेस्टर सिटीले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गर्यो । यस्तै बेस्ट हम युनाइटेड र क्रिस्टल प्यालेसले २(२ को बराबरी खेले ।


विश्व खबर 


















