images
images
  • भारतीय फुटबल टोलीको घोषणा : नेपाल भ्रमणमा कप्तान सुनिल र गुरप्रीत दुवै रहने

    काठमाडौं- नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली घोषणा भएको छ । बिहीबार अल इन्डियन फुटबल फेडेरेसन (एआईएफएफ) ले २५ सदस्यीय टोली घोषणा गरेको हो ।

    नेपाल र भारतबीचको खेल १७ र २० भदौमा दशरथ रंगशालामा हुनेछ । यसअघि एएफसी कप छनोटमा रहेका एटिके मोहन बंगान र बैगरुलु एफसीका खेलाडीलाई समेटेर प्रशिक्षक इगोर स्टिम्याकले टोली घोषणा गरेका हुन् ।

    एटिके मोहन बंगानका खेलाडी बिहीबार नै कोलकात्ता पुगिसकेका छन् । बैंगरुलुका खेलाडी भने १३ भदौ टोलीमा सामेल हुनेछन् । सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतीय टोली ३० अगस्ट ९१४ भदौ० नेपाल आउनेछ ।

    यता, नेपाललेसमेत भारतविरुद्ध खेलको लागि टोली घोषणा गरिसकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा २५ सदस्यीय टोली छनोट गरेका थिए ।

    भारतीय टोली

    गोलरक्षक : गुरप्रीत सिंह सन्धू, धिरज सिंह मोइरङथेम, अम्रिन्दर सिंह

    डिफेन्डर : राहुल भेके, आकाश मिश्रा, प्रितम कोटल, चिङलेन्साना सिंह कोन्शाम, मन्दर राव देसाई, शुभाशीष बोस, सेरिटन फर्नाण्डेज,

    मिडफिल्डर :  अनिरुद्ध थापा, लिष्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वाङजाम, ज्याक्सन सिंह, प्रणय हाल्डर, लालेङमाविया, विपिन सिंह

    स्ट्राइकर : मन्विर सिंह, रहिम अलि, सुनिल क्षेत्री, फरुख चौधरी

    प्रतिक्रिया दिनुहोस्
    images
    images