काठमाडौं-गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को कार्यकाल २०२१–२०२३ को लागि दक्षिण कोरियाबाट जुनु गुरुङले महिला संयोजकमा उम्मेदवारीको घोषणा गरेकी छन्।
गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएका दक्षिण कोरियामा महिलाहरूको संस्था women for women को अध्यक्ष जिम्मेवारी वहन गरी कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहकार समेत भई काम गरिरहेकी गुरुङ कोरियाको नेपाली समुदायमा निकै नै प्रख्यात छिन् त्यसैको उपज कोरियन सरकारले मानार्थ नागरिकता बाट सम्मान गरेको थियो ।
अन्तर्राष्टिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक( २०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्य सम्पन्न गरेकी छिन्। लामो अनुभव र कार्य दक्षताको आधारमा गुरुङले गैर आवासीय अन्तराष्ट्रिय समन्वय समिति महिला संयोजक पदको लागि उम्मेद्वारी दिन लागेकी हुन् ।
महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई एक्टिभ गराउन सफल गुरुङ अब महिला उद्यमशिलताको बिषय लिएर उम्मेदवार भएकी हुन्। आफ्नै पालामा एशिया प्रशान्त क्षेत्रको पहिलो र दोश्रो महिला महिला भेला/बैठक गराउनसमेत सफलता मिलेको थियो ।गुरुङ भनिन् एक तह माथि महिला संयोजक भएर काम गर्न चाहेको हो।
अब एनआरएनमा महिला सांगठनिक सुदृढीकरण, एनआरएनमा महिला समावेशी, एनआरएनमा महिला नेतृत्व बिकास, एनआरएनमा महिला सशक्तिकरण र एनआरएनमा महिला उधमशिलता लगाएत ५ मुख्य एजेन्डा र अहिले मुख्य आवश्यकता रहेको उनको बताईन् ।
उनले कोरियामा मेडिकल क्यापको सेवा सुरु गरेकी थिईन् । कोरियामा काम गर्ने अधिकांस नेपालीहरुमा डिप्रेसन सम्वधित रोग बढ्को यसलाई न्युनिकरणका लागी चिकित्सक सहित विभिन्न समय हेल्थ क्याप उनकै पहलमा सुरु गरेकी थिईन् ।
नेपालमा विपत्तिको समयमा सहयोग संकलन गरेर राहतको काम समेत उनी सक्रिय छिन् ।गैरकानुनी रुपमा काम गर्ने नेपालीहरु समस्या पर्दा उद्धार पुनः स्थापनाको काममा समेत उनले सक्रिय छिन् । कोरियामा रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेकी उनले नेपालमा जलविद्युत, शिक्षा र हस्पिलिटी क्षेत्रमा लगानी छ ।
कोरियन सरकारबाट मानार्थ सिटिजनसीपबाट सम्मानित पहिलो नेपाली महिला रुपमा हुन्। एनआरएनए कोरियाको संरक्षक तथा सल्लाहकार रहेकी छिन् । एनआरएनए आईसिसि सदस्य, एसिया प्यासिफिक महिला संयोजकमा रुपमा काम गरि रहेकी छिन् । कोरियामा नेपालीहरुका विभिन्न संस्थाहरुमा संरक्षक तथा सल्लाहकार रुपमा काम गरि रहेकी छिन् ।
आईसीसी महिला संयोजकका लागि उम्मेवार बनेकी उनी भन्छिन्-‘म महिलाका साथै व्यवसायी पनि भएकाले महिला दिदीबहिनीहरुको समस्यासँग धेरै नजिकबाट परिचित छु । महिला दिदीबहिनीहरुको सम्पूर्ण समस्याहरू समाधानको माध्यम बन्न चाहन्छु । महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउन, महिलाहरूको आर्थिक तथा व्यवसायिक जीवन बलियो बनाउनका लागि एवम् महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि मेरो उम्मेदवारी रहेको छ ।’
महिला फोरम संयोजक पदमा मलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराई सेवक बन्ने मौका प्रदान गर्न अनुरोध गरेकी छन् ।
‘म कुनै लोभले उम्मेदवारी दिएको होइन, म हिजो कुनै पदमै नहुदाँ पनि विश्वभरि रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको समस्याहरू समाधान गर्नका निम्ति सक्रिय थिएँ र भोलि पनि रहनेछु’, उनले भनिन् ।
महिला संयोजक पदका लागि जुनु गुरुङले यस्ता छन् प्रतिबद्धता
१) महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एवम् एनआरएनए आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने ।
२) मजदुर मैत्री एनआरएनए बनाउन पहल गर्ने ।
३) एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्याहरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने ।
४) विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरमले ल्याएको एजेन्डाहरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने ।
५) एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने।
६)बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एवम् स्वास्थ्य नै धन हो भन्ने कुरालाई सिरोपर गरी कठमाडौंको प्रदुषणलाई केहि हदसम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
७) एसिया तथा मिडलइष्टमा महिला समस्या बढि छ त्यसलाई समाधान गर्ने पहल गर्ने ।


विश्व खबर 



















