काठमाडौ.– इरानको राष्ट्रिय आपत्कालीन सेवा संगठनका प्रमुखले अमेरिका र इजरायलले गरेको आक्रमणमा तीन जना आपत्कालीन उद्धारकर्मीको मृत्यु भएको बताएका छन् । सन् २०२५ जुन र यस वर्ष जारी युद्धका क्रममा १०० भन्दा बढी उद्धारकर्मी घाइते भएको उनले जानकारी दिएका छन् ।
मेहर समाचार एजेन्सीसँग कुरा गर्दै संगठनका प्रमुख जाफर मियादफरले आक्रमणका कारण इरानको आपत्कालीन सेवामा कार्यरत जनशक्ति र उद्धारमा प्रयोग हुने सवारीसाधनमा ठूलो क्षति पुगेको बताए ।
प्रतिक्रिया दिनुहोस्























