images
images
  • साउदी अरबमा पाकिस्तानले आफ्ना सेना तैनाथ गर्दै

    काठमाडौं– पाकिस्तानले साउदी अरबको रक्षात्मक क्षमता थप मजबुत बनाउन आफ्नो सेना परिचालन गर्ने भएको छ । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गएको अवस्थामा पाकिस्तानले साउदी अरबमा सैनिक तैनाथ गर्न लागेको हो ।

    पाकिस्तानी सेनाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा सैनिक टोलीलाई बिदाइ गर्ने समारोह आयोजना गरिएको जनाएको छ । पाकिस्तानी सेनाको सञ्चार तथा जनसम्पर्क विभाग (आईएसपीआर)का अनुसार तैनाथ हुने सैनिकहरूले सहमतिअनुसार र दुई देशबीच स्थापित रक्षा सहकार्यको ढाँचाभित्र रहेर साउदी अरबको भूमिमा तोकिएका जिम्मेवारी निर्वाह गर्नेछन् ।

    सेनाले उक्त सैनिक परिचालनले साउदी अरबको सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने पाकिस्तानको प्रतिबद्धता झल्काउने जनाएको छ ।यसका साथै इस्लाम धर्मका दुई पवित्र स्थल मक्का र मदिनाको पवित्रताको संरक्षणप्रति पनि पाकिस्तान प्रतिबद्ध रहेको सेनाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images