सोल-गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा दक्षिण कोरियाबाट विनोद कुँवरले एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने भएका छन् ।
एनआरएनए कोरियाको दुई पटक अध्यक्ष भएर काम गरेका उनी समाज सेवामामा र एनआरएनए अभियानमा लामो समयदेखी काम गरि सकेका कुँवर एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकको रुपमा काम गरि सकेको छन् । कोरोना महामारीको पहिलो लहरमा कोरिया नेपालमा एनआरएन कोरिया र उनको पहलमा करोडौंको स्वास्थ्य सामाग्री नेपालमा पठाएका थिए ।
नेपालमा कोरोना महामारीको दोस्रो लहरमा आफ्ना आफन्त बचाउन भन्दै एक नेपाली एक अक्सिजन सिलिन्डर अभियान नै चलाएर कोरियाबाट नेपालमा अक्सिजनको हाहाकारलाई रोक्न अक्सिजन सिलिन्डरहरु पठाएका थिए ।विनाशकारी भुकम्पहँदा होस् या बाढीपहिरोको विपत्तमा नेपालमा उनकै पहलमा कोरियाबाट सहयोग जुटाएर नेपालमा सहयोग गरेका थिए।
सस्थागत सवलिकरण, श्रम डोप्लोमेसी, ब्रेन पुलिङ, उद्यमशिलता लगाएत एजेन्डासहित आगामी एसिया प्यासिफिक संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए ।
म्याग्दी निवासी कुँवर २३ बर्षको उमेरमा दक्षिण कोरिया गएका थिए । दुई वर्षमात्र कोरियाको अनुभव लिने र देशमै केही गर्छु भन्ने सपना लिएर छिरेका कुँवर अहिले कोरियामा एक सफल व्यवसायी भएका छन् ।
नेपाल र कोरियाबीच टे«डिङ व्यवसायको अलावा रेष्टुरेण्ट व्यवसाय गरिरहका कुँवर रेमिट्यान्सको व्यवसायमा गरिरहेका छन् । कोरियाले लगनशिल, पौरख गर्न र नयाँ भिजन लिन सिकाएको बताउने कुँवर कोरिया आएर अहिले व्यवसायको अलावा सामाजिक काममा पनि सक्रिय छन् ।
नेपालमा जलविद्युत, रेमिट, ट्राभल, हस्पिटालिटी, कृषि, पर्यटन र वितिय क्षेत्र र नेपालमा मनोरल चलाउन सकिन्छ भनेर अभियानमा लागि रहेका छन।

सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमस्कार।
गैर आवासीय नेपाली संघ, दक्षिण कोरियाको स्थापना काल देखिनै संस्थापक सदस्य हुदै दुई कार्यकाल (सन् २००९-२०१५) अध्यक्षको जिम्मेवारी वहन गर्ने मौका प्राप्त भयो l त्यस पछी गैर आवासीय संघ अन्तरार्ष्ट्रिय समन्वय समिति सदस्य (२०१५-२०१७), एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय उप-संयोजक(२०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुदै करिव १६ वर्ष गैर आवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रही कार्य गर्ने अवसर मलाई प्राप्त भयो l
यसरी कार्य गर्ने तथा जिम्मेवारी सम्हाल्ने दौरानमा संस्थासँग एक प्रकारको लगाव पनि बढ्दै गयो र संस्थागत हितका निम्ति लगातार लागि परिरहेको छु । गैरआवासीय नेपालीहरूको अभियानमा लाग्ने क्रममा सम्पुर्ण साथीहरु तथा शुभचिन्तकहरुबाट हौसला तथा उत्साह पाउदा, यस अभियानमा लागेकोमा झनै आनन्दित र गौरवान्दित महसुस गरेको छु।
लामो समयको NRNA अभियानको अनुभव सहित नेपाल वाहिर बसोवास गर्ने नेपालीहरुको हितका लागि थप कार्य गर्ने अठोट बोकेर यस पालि गैरआवासीय नेपाली संघको आसन्न निर्वाचनमा मैले एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय संयोजक पद (Regional Coordinator, RC) मा उमेद्वारी दिने निर्णय गरेको छु l
एसिया प्यासिफिक क्षेत्र आफैमा गतिशील क्षेत्र हो l विश्व अर्थतन्त्रको लगभग ३० प्रतिशत हिस्सा ओगट्ने सामर्थ्य राख्ने यो क्षेत्रमा रोजगारी, व्यापार, अध्ययन तथा अन्य कारणले वसोवास गर्ने नेपाली समुदायको सङ्ख्या उल्लेख्य मात्रामा रहेको छ। यस क्षेत्रका नेपाली समुदायले पछिल्लो समयको तीव्र विकासको साक्षी बन्ने विरलै मात्र पाइने एउटा अभूतपूर्व मौका पाएका छन् ।
गैर आवासीय अभियानको एउटा मुख्य उदेस्य नेपालको समग्र समृद्दीमा टेवा पुर्याउनु पनि हो l एसिया प्यासिफिक क्षेत्रका नेपालीको यो अभूतपूर्व अनुभव सँगसँगै ज्ञान, शिप, प्रविधि र पुँजी नेपालको समृद्धिका निम्ति लगाउन सक्नु धेरै ठुलो उपलव्धि हुनेछ भने नेपालको समग्र विकासमा एसिया प्यासिफिकका नेपाली समुदायको पनि प्रत्यक्ष सहभागिता पनि रहने छ । समग्रमा मेरो उद्देश्य नै यही रहने छ ।
लामो इतिहास बोकेको गरिमामय संस्था गैरआवासीय नेपाली संघ मार्फत एशियाली देशहरूमा भएका द्रुत गतिको विकास मोडलमा बर्षौ देखी सहभागी गैरआवासीय नेपालीहरूको अनुभवलाई मातृभूमिको समृद्धिका निम्ति सदुपयोग गर्नको लागि काम गर्ने कुरा यहाँहरू समक्ष अवगत गराउन चाहन्छु ।
मेरो उमेदवारी केका लागि भन्ने प्रसङ्गमा म कुरा गर्ने भन्दा काम गरेर देखाउने मा विस्वास राख्दछु। एशियाका कुना-कुनामा रहेका नेपाली युवाहरुको आवाज, सीप, उर्जा र क्षमतालाई एकीकृत गर्दै वुलन्द र सशक्त रूपमा एनआरएनए मार्फत मातृभूमि नेपालको समृद्दिको निम्ति हरेक तह र तप्कामा ठोस नीति तथा कार्यक्रम निर्माण गर्ने एउटा नयाँ अभियान संचालन गर्ने लक्ष्यका साथ अघि बढ्ने प्रण गरेको छु।
मेरा मुख्यत चार ओटा कुरामा प्रतिवद्धताहरु छन् र यी प्रतिवद्धताहरु प्रतिवद्धतामा मात्र सीमित हुने छैनन भन्ने विस्वास पनि दिलाउन चाहन्छु l
१. संस्थागत सबलीकरणको लागि नेटवर्किङ, समावेशीता, पारदर्शिता
२. श्रम डिप्लोमेसी मार्फत सुरक्षित, मर्यादित एवं व्यवस्थित वैदेशिक रोजगारको सुनिस्चितता
३. ब्रेन पुलिङद्वारा सम्बृद् नेपालका लागि ज्ञान, सिप र प्रविधि हस्तान्तरण अभियान
४. उद्यमशीलताको प्रोत्साहन गर्दै स्थानीय उद्यमशीलता प्रवर्धन र रोजगारी सृजना
मेरो यस उम्मेदवारीमा यहाँहरु सम्पुर्णको साथ, सहयोगका साथै सकारात्मक उर्जाको प्रवाह हुने छ भन्ने कुरामा विश्वस्त छु । मेरो मन बचन र कर्म संस्था अनि संस्थामा आवद्द सम्पूर्णको सर्वोपरी हितमा रहने प्रतिवद्धता जनाउदै गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनको निर्वाचनमा यहाँको अमुल्य मतको अपेक्षा राखेको छु।
तपाईको मत सम्पुर्ण एशिया प्यासिफिक क्षेत्रका गैरआवासीय नेपालीहरूको समग्र हितका लागि हुनेछ।
धन्यवाद ।
विनोद कुवँर
क्षेत्रीय संयोजक पदको उमेदवार
एसिया प्यासिफिक क्षेत्र ।


विश्व खबर 



















