images
images
  • भारत ‘ए’ विरुद्धको खेलमा नेपालले टस जित्यो

    काठमाडौं– नेपालले भारत ‘ए’ विरुद्धको एसिया कप राइजिङ स्टार्स प्रतियोगितामा टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

    कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

    यससँगै भारत ‘ए’ले पहिला ब्याटिङ गर्नेछ ।

    नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो ।

    प्रतियोगितामा विभिन्न आठ टिमको सहभागिता रहेको छ ।

    जसमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

    नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएई छन् ।

    त्यस्तै समूह ‘ए’मा श्रीलङ्का ‘ए’, बङ्गलादेश ‘ए’, अफगानिस्तान ‘ए’ र हङ्कङ छन् ।

    समूह ‘बी’मा रहेको नेपालले आइतबार युएई र मङ्गलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

    नेपाल प्रिमियर लिग (एनपिएल) चलिरहेका कारण रोहित पौडेल, दीपेन्द्रसिंह ऐरीजस्ता खेलाडी भने प्रतियोगितामा सहभागी छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images