images
images
  • मलेसियाका फुटबलर लिरिडोन क्रिस्नीलीले उडिसाबाट आईएसएल खेल्ने

    भुवनेश्वर (एजेन्सी)- मलेसियन राष्ट्रिय फुटबल टोलीका सदस्य लिरिडोन क्रिस्नीली भारतीय सुपर लिग (आईएसएल) खेल्ने भएका छन् । २९ वर्षीय लिरिडोन क्रिस्नीली सुपर लिगअन्तर्गत उडिसा एफसीसँग जोडिएका हुन् ।

    शुक्रबार उडिसा एफसीले आफ्नो सामाजिक सञ्जालमार्फत मलेसियन राष्ट्रिय फुटबल टोलीका सदस्य लिरिडोन क्लबमा आबद्ध भएको जनाएको हो ।भुवनेश्वरीको उडिषा एफसीले मलेसियन व्यावसायिक फुटबल क्लब जोहोर दारुल टाजिमबाट लोनमा अट्याकिङ मिडफिल्डर लिरिडोनलाई क्लबमा भित्राएको जनाएको छ ।

    लिरिडोनले आफ्नो फुटबल करियर युरोपबाट सुरु गरेका थिए । उनले सन् २०११ मा चेक रिपब्लिकको एफके म्लादा बोलेस्लाभ हुँदै टर्किस क्लब अंकारास्पोरबाट खेलेका थिए । यसपछि टर्किस अर्को क्लब फेथियेस्पोर पुगेका थिए ।लिरिडोन पहिलो पटक सन् २०१५ मा केदाह दारुल अमान फुटबल क्लबबाट खेल्न मलेसिया पुगेका थिए । उनले सन् २०१६ मा मलेसियन कप र २०१७ मा मलेसियन एफए कपको उपाधि जितेका थिए । त्यसपछि उनी २०१९ मा मेलका युनाइटेड पुगेका हुन् ।

    मलेसियन सुपर लिग च्याम्पियन जोहोर दारुल टाजिमबाट लिरिडोन अष्टे«लियन ए लिग खेल्न लोनमा सन् २०२१ मा न्युक्यासल जेट्समा अनुबन्धन भएका थिए । लिरिडोनले तिन राष्ट्रबाट फुटबल खेलिसकेका छन् । उनले अल्बानियाको यू–२१, कोसोभोकाको सिनियर टोली तथा केही वर्षयता मलेसियाको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् ।

    उडिसासँग जोडिएपछि लिरिडोनले आफू भारतीय क्लबमा जोडिन पाउँदा खुसी रहेको र भारतमा नयाँ सिजनमा अद्भूत प्रदर्शन गर्ने बताए । ‘क्लबसँग जोडिन पाउँदा निकै खुसी छु । भारतमा अद्भूत सुरुवात गर्न तयार छु । म आशा गर्छु, हेड कोच किको रामिरेजको नेतृत्वमा राम्रो सुरुवात हुनेछ,’ लिरिडोनले भनेका छन् ।

    यता, क्लबका अध्यक्ष राज आठवालले मलेसियन अन्तर्राष्ट्रिय खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी भएको र उसको आगमनले टिम थप राम्रो र बलियो हुनेमा विश्वस्त रहे । ‘मलेसियन अन्तर्राष्ट्रिय खेलाडीलाई स्वागत गर्न पाउँदा खुसी छौं । उनको आगमनले क्लब थप राम्रो र बलियो हुनेमा विश्वस्त छौं,’ अध्यक्ष राजले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images