images
images
  • युक्रेन युद्धबारे ट्रम्पको भूमिकाप्रति दुईतिहाइ अमेरिकी असन्तुष्ट: सर्वेक्षण

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धबारे लिएको भूमिकाप्रति अमेरिकाका दुईतिहाइ नागरिकले असन्तुष्टि जनाएका छन्।

    ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरिरहेका बेला सार्वजनिक भएको प्यू रिसर्च सेन्टरको नयाँ सर्वेक्षणले यस्तो देखाएको हो।

    सर्वेक्षणमा सहभागी १० हजारभन्दा बढी अमेरिकी वयस्कमध्ये दुईतिहाइले रुसले युक्रेनमाथि जारी राखेको युद्धप्रति ट्रम्पले अपनाएको दृष्टिकोण अस्वीकार गरेका छन्।

    उक्त युद्ध तीन नेताबीच चीनको सेन्जेनमा भइरहेको छलफलको प्रमुख विषयमध्ये एक हो।

    अलजजिराका अनुसार सर्वेक्षणमा सहभागीमध्ये ३० प्रतिशतले मात्रै युद्धप्रति ट्रम्पले अपनाएको नीतिप्रति सन्तुष्टि जनाएका छन्।

    सन् २०२४ मा पुनः राष्ट्रपतिको उम्मेदवारका रूपमा चुनावी अभियान सञ्चालन गर्ने क्रममा ट्रम्पले आफू सत्तामा आए २४ घण्टाभित्रै युक्रेन युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका थिए।

    तर उनी पुनः ह्वाइटहाउस फर्किएको २२ महिना बितिसक्दा पनि युद्ध अन्त्य हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस्
    images
    images