काठमाडौं– रुसी सरकारी समाचार संस्था तासले राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्तामा युक्रेन युद्ध प्रमुख विषय बनेको जनाएको छ ।
पुटिनले ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय शिखर बैठकको सुरुमा बोल्दै युक्रेन युद्धबारे छलफल भएको जानकारी दिएका हुन्।
उनले भने, ‘हामीले हिजो चिनियाँ राष्ट्रपतिसँग यस विषयमा छलफल गरेका थियौँ। आज अमेरिकी राष्ट्रपतिको पहलमा भएको द्विपक्षीय भेटवार्तामा पनि हामीले यस विषयलाई धेरै समय दियौँ।’
यसअघि सार्वजनिक भएका विवरणअनुसार रुस–युक्रेन युद्धप्रति ट्रम्पले अपनाएको नीतिलाई अमेरिकामा ठूलो मात्रामा आलोचना भइरहेको छ।
उनका आलोचकहरूले ट्रम्पले रुसी राष्ट्रपति पुटिनको दबाब र मागअनुसार आफूलाई प्रस्तुत गरिरहेको आरोप लगाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस्






















