images
images
  • भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई दुई लाख राहत

    काठमाडौं –भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका कञ्चनपुरका २६ जनाका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बेपत्ता भएका व्यक्तिका परिवारलाई राहतस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए ।

    उहाँका अनुसार समितिको निर्णयअनुसार सम्बन्धित स्थानीय तहलाई पछि शोधभर्ना हुने गरी राहत रकम उपलब्ध गराउन भनिएको छ । २६ परिवारलाई जनही दुई लाख रुपैयाँका दरले कुल ५२ लाख रुपैयाँ राहत उपलब्ध गराउन विपद् व्यवस्थापन प्राधिकरणसँग माग गरिएको उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी कोइरालाका अनुसार बाढीमा भीमदत्त नगरपालिकाका आठ, शुक्लाफाँटा नगरपालिकाका छ, कृष्णपुर नगरपालिकाका पाँच, बेदकोट र बेलौरी नगरपालिकाका तीन–तीन तथा लालझाडी गाउँपालिकाका एक जना बेपत्ता भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images