images
images
  • ओलीको बचाउमा उत्रिँदै बादलले भने– ‘संसद् विघटन र सुशीला कार्की नेतृत्को सरकार असंवैधानिक’

    काठमाडौं– नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थार्पा बादल’ले अध्यक्ष केपी शर्मा ओलीको ओली बचाउ गरेका छन् ।

    एमाले राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो दिनमा आफ्नो धारण राख्ने क्रममा उनले ओलीको बचाउ गरेका हुन् ।

    बादलले एमाले नेतृत्वको गठबन्धन सरकार विस्थापित र शुशिला कार्की नेतृत्वमा सरकार दुवै घटना असंवैधानिक भएको दाबी गरे ।

    ‘गत भदौमा केपी शर्मा ओलीको नेतृत्वको संयुक्त सरकार तथा संसद्को विघटन असंवैधानिक थियो । सुशीला कार्कीको अन्तरिम सरकार पनि असंवैधानिक थियो । त्यसैले गत फागुनमा सम्पन्न संसद्को निर्वाचन पनि असामान्य तथा अस्वाभाविक थियो । परिणामतः लोकतन्त्रवादी शक्तिहरूको अकल्पनीय पराजय भयो । पपुलिस्टहरू जादुमय ढङ्गबाट विजयी भए । आज सरकार र संसद्मा उनीहरूको एकछत्र राज छ,’ उनले भने ।

    बादलले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा पुनः स्थापित गर्न पार्टीको पुनर्निर्माण गर्नुपर्ने,राष्ट्रियता तथा लोकतन्त्रको स्थापनाका लागि राजनीतिक आन्दोलनको तयारी गर्नुपर्ने, लोकतन्त्रको विजयका लागि आगामी निर्वाचनहरूको तयारी गर्नुपर्ने, संविधानको रक्षाका लागि कानुनी सङ्घर्ष गर्नुपर्ने, जनसम्बन्ध विस्तार तथा सुदृढीकरणका लागि जनतासँग प्रत्यक्ष सत्य संवाद गर्नुपर्ने पाँच बुँदे सुझाव भेलामा प्रस्तुत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images