काठमाडौं– नेकपा (एमाले) वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गरेकी छन् ।
बिहीबार आयोजित एमाले उक्त भेलालाई सम्बोधन गरेकी हुन् ।
उनले भेलालाई सम्बोधन गर्दै देश अनेकौ आर्थिक, सामाजिक र राजनीतिक चुनौती सामना गर्दै एमाले अगाडि बढिरहेको औंल्याइन् ।
उनले भनिन्, ‘दैनन्दिनका उपभोग्य सामग्रीको बजारभाउ आकाशिएर न्यून आय भएका गरिब नागरिकको चुलो नै ओसिलो हुँदैछ । रोजगारीका अवसरहरू खुम्चिँदै गएका छन् । आयात प्रतिस्थापन हुन नसक्दा व्यापार घाटा बढिरहेको छ । शान्ति सुरक्षामाथि गम्भीर प्रश्नहरू खडा हुँदैछन् । सरकारप्रति जनताका गुनासाहरू बढिरहेका छन् ।’
हेर्नुहोस् पूर्णपाठ
प्रतिक्रिया दिनुहोस्






















