images
images
  • एनआरएनए पदाधिकारीलाई दलीय आबद्धता त्याग्न सात दिनको अल्टिमेटम

    काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना पदाधिकारी तथा सदस्यलाई राजनीतिक दल र राजनीतिक उद्देश्य बोकेका संस्थासँगको आबद्धता सात दिनभित्र त्याग्न निर्देशन दिएको छ ।

    संघका अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव डा. चिरञ्जीवी खड्काले परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

    गत महिना बसेको परिषद्को ११७औँ बैठकको निर्णयअनुसार परिपत्र जारी गरिएको खड्काले बताएका छन् ।

    संघलाई राजनीतिक प्रभावबाट मुक्त राख्दै यसको स्वतन्त्र र गैरराजनीतिक पहिचान कायम गर्न यस्तो कदम चालिएको उनको भनाइ छ ।

    उनले संघको विधानले नै गैरराजनीतिक चरित्रको परिकल्पना गरेकाले सबै पदाधिकारी तथा सदस्यले त्यसको पालना गर्नुपर्ने उल्लेख गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images