images
images
  • एनआरएनए आईसीसी सचिब पदमा ओम गुरुङले उम्मेद्वारी दिने

    टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजीव गुरुङ ‘ओम’ले सचिब पदमा उम्मेदवारी दिने भएका छन् ।

    एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस अभियानमा संलग्न हुँदै अध्यक्ष र ३ पटकसम्म आईसीसीको सदस्य पदमा काम गरिसकेका गुरुङले आईसीसी सचिबमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । बिगत लामो समयदेखि जापानमा रेष्टुरेण्ट र रेमिट्यान्स लगाएत ब्यवसायी गर्दै आएका गुरुङले जापानमा नेपाल आदिवासी जनजाति महासंघको समेत अध्यक्ष भएर काम गरेका छन् ।

    एनआरएनए आईसीसीको विधान समितिको उप-संयोजक समेत रहेको अनुभव छ । सबैसँग मिलनसार र नेतृत्व गर्न सक्ने क्षमता भएका गुरुङले यसअघिका आईसीसीको अधिबेशनहरुमा पनि आफ्नो बलियो सम्भावना हुँदाहुँदै पनि अन्य साथीहरुलाई समर्थन गरी पछाडि बसेको र अब आफ्नो पालो आएको बताए ।

    नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैरआवासीय नेपाली संघको मुल नारालाई सार्थकर्ता दिन आफूले सचिबमा उम्मेदवारी दिन लागेको बताए।

    om

    प्रतिक्रिया दिनुहोस्
    images
    images