images
images
  • एनआरएनए महासचिवमा विनय अधिकारीले पकड जमाउदैं

    लन्डन-गैर आवासीय नेपाली संघ (एनआरएनए) को १० औं विश्व सम्मलेन तथा निर्वाचनमा निर्वाचनमा बिनय अधिकारीलाई एनआरएनए महासचिवमा पदम उम्मेदवारी दिन चौतर्फी दबाब गएको छ । अहिले कुल आचार्यको प्यानलबाट सचिवमा उम्मेदवार दिने तयारीमा रहेपनि विश्वभरीबाट चौर्तफी दबाब एवं सल्लाह सुझाव अनुसार महासचिव पदमा उम्मेदवारी दिने सम्भावना बढेको उनी निकट एआरएनए अभियान्ताहरुले बताएका छन् ।

    पहिल्लो समय महासचिवमा दुई जनाले अमेरिकाबाट उम्मेवारी दिएपछि अधिकारीलाई महासचिवमा उठ्न योग्य भएको र संस्थालाई आवश्यक पर्ने भन्दै उम्मेदवारी दिन चौर्तफी दवाव बढ्दै गएको छ। अधिकारीले यसअघि सचिवमा उम्मेदवारी दिने बताएपनि सबैको सल्लाह सुझाव तथा अग्रजहरुको चाहानामा महासचिवमा उम्मेदवारी दिन सक्ने आंकलन गर्न थालिएको छ।

    बेलायतमा रहेर विभिन्न पेशा ब्यवसाय तथा सामाजिक सेवामा सक्रिय अधिकारी हाल ग्लोबल गोरखा समाजको अध्यक्ष हुन् । एनआरएनएन नवौ महाधिवेशनमा स्वतन्त्रको रुपमा उम्मेदवार भएर अधिकारीले झिनो मतले पराजय भएपनि सबैको मन जित्न सफल भएका थियो । एनआरएनएका पूर्व अध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट, शेष घले धर्मपत्नी जमुना गुरुङ, कुमार पन्त लगायतका एनआरएनए अभियान्ताहरुले समेत प्रशंसा गरेका थिए ।

    यूकेमा आइटी ब्यवसायीमा संलग्न अधिकारीको नेपालमा शिक्षा, स्वास्थ्य र हाइड्रो क्षेत्रमा लगानी छ । अधिकारी आर्थिक हिसावले समेत पछिल्लो समय सफल ब्यवसायीको रुपमा चिनिएका छन् । सबल र पारदर्शी एनआरएनएका लागि दुरदर्शी नेतृत्व र समावेशी प्रतिनिधित्वको पक्षमा आवाज उठाउदै आएका अधिकारी नेपाल बाहिर रहेका नेपालीका पक्षमा साझा सबाल र मुद्दामा वकालतमा गर्दै आएका छन् ।

    डेढ दशकदेखि प्रवासमा रहेर विभिन्न संघ संस्था तथा सामाजिक अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अधिकारी एनआरएनए युकेमा मात्र नभई केन्द्रीय कार्यसमितिमा समेत उर्जाशिल युवाको रुपमा परिचित छन् ।

    गैर आवासीय नेपालीका समस्या तथा वीरता र साहसको पर्यायका रुपमा विश्वविख्यात ब्रिटिश भूपू गोर्खा सैनिकले ब्यहोर्नु परेको पीडाबारे आफ्नो कार्यकालमा निरन्तर आवाज उठाउदै आउनुभएका अधिकारी विश्वभर रहेका नेपाली र उनीहरुले भोग्नुपरेका समस्या र कठिनाईबारे पनि जानकार छन् । मध्यपुर्वको समस्याको विषयमा समेत राम्रो जानकार रहेका अधिकारी वैदेसिक रोजगारी थप मर्यादित बनाउनुलाई समेत एनआरएन र अन्य संस्थाहरु संग मिले काम गरिरहेका छन् ।

    सन २०१३ बाट एनआरएनए अभियानमा रहेर सन २०१७–१९ सम्म एनआरएनए युकेमा उपमहासचिवको रुपमा काम गरिसकेका छन् । यूके एनआरएनएहरुमात्रै नभई आम एनआरएनएका मन जित्न सफल छन् । डेढ दशक लामो प्रवाशको बसाई र त्यसक्रममा सिके भोगेका अनुभवलाई नेपालसँग जोडने लक्ष्य लिएका अधिकारी संचार क्षेत्रसँगै सामाजिक अभियन्ताको रुपमा काममा सक्रिय रहे ।

    सन २०१५ देखि ग्लोबल गोरखा समाजमा आवद्ध भएर हाल अध्यक्ष रहेर अधिकारीले कोभिड १९ को महामारीमा नेपालमा महत्वपूर्ण भूमीका निर्वाह गर्नु भएको छ ।

    गोरखा जिल्लामा अधिकारीको नेतृत्वमा ग्लोबल गोरखा समाजले १ स्वास्थ्य चौकी, १ अक्सिजन कन्सनट्रेटर, १ प्राथमिक उपचार केन्द्र २ अक्सिजन कन्सनट्रेटर र १ हस्पिटल ४ अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउने उद्देश्यका साथ १ अक्सिजन कन्सनट्रेटर २ जीवनदान अभियान सञ्चालन गरेको थियो । जसमा करोडौं वरावरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो । त्यस्तै, चितवनको चेपाङ बस्तीमा जनसम्पर्क समिति यूके पहलमा अधिकारीको नेतृत्वमा बेलायतबाट रकम संकलन गरि कोरोनाको कारण भोकमरीको अवस्थामा रहेका चेपाङ बस्तीलाई लाखौ रकम वरावरको राहत सामाग्री वितरण गरिएको थियो ।

    गैर आवासीय नेपालीको नागरिकता, गैर आवासी नेपाली लगानी तथा ब्रिटिश भूपू गोर्खा सैनिकका सबालबारे बेलायतमा विभिन्न अभियानमा उनको अहम भुमिका रहेको छ,।

    प्रतिक्रिया दिनुहोस्
    images
    images