काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए)को दशौं विश्व सम्मेलन एवं नयाँ नेतृत्वका लागि हुने निर्बाचनमा महिला सचिवमा एनआरएनए हंङकंङका निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) उम्मेदवारीको घोषणा गरेकी छिन् ।
२ कार्यकाल एनआरएनए हंङकंङका नेतृत्व गरेर एनआरएन एनसिसिहरु मध्येमा सबैभन्दा उत्कृष्ट काम गरेर चर्चा रहेकी निवर्तमान अध्यक्ष गुरुङले उम्मेवारी घोषणासंगै उनको पक्षमा माहोलसमेत बन्दै गएको छ ।
महिला सचिवमा उम्मेदावरी दिने घोषणापछि गुरुङलाई विश्वभरबाट बलियो उम्मेदवारको रुपमा हेरिन्छ ।एनआरएनमा स्थापनादेखि सक्रिय रुपमा आवद्धतामा उनी २०१७–२०२१ सम्म अध्यक्षको रुपमा एनआरएन एनसीसी हंङकंङमा नेतृत्व रहेर काम गरेकी छिन् ।
भुकम्पदेखी बाढीपहिरो हुदाँ होस् या कोरोना महामारी बेलामा एक नेपाली एक अक्सिजनको अभियान नै चलाएर नेपालमा चरम रुपमा कोरोनाको भय भएको बेला नेपाली बचाउनसमेत ठूलो भुमिका खेलिकी थिईन् । नेपाल होस् या हंङकंङका सामाजिक सेवामा संमर्पित उनी अफ्यारोमा परेका नेपालीको आफैले नै नेतृत्व गरेर सहयोग गरेकी हुन्छिन् ।
पोखरा निवासी उनी सन् १९९४ देखी हंङकंङका बस्दै आउनु भएको छ। हंङकंङमा रेष्टुरेन्टा, सुरक्षा गार्ड कम्पनी, निमार्ण कम्पनी, फाइनान्स तथा रेमिट कम्पनीमा लगानी रहेको छ । नेपालमा विभिन्न क्षेत्रमा समेत लगानी रहेको छ।
एनआरएनए आईसिसिमा हङकङबाट तीन उम्मेदवार
आइसिसिको निर्बाचन नजिकिएसँगै एनसीसी हङकङबाट तीन जनाले आइसीसीमा उम्मेदवारी दिने निर्णय भएको एनसीसी हङकङले जनाएको छ । सोमबार बसेको एनसीसी हङकङको बैठकले त्यहाँबाट तीन जनालाई चुनावी मैदानमा पठाउने निर्णय गरेको छ ।
आइसीसी उपाध्यक्ष, महिला सचिव र एसिया प्यासिफिक उपसंयोजकमा हङकङबाट उम्मेदवारको टुंगो लगाइएको अध्यक्ष गोकर्ण ढकालले बताए । ढकालका अनुसार उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक एवं आईसिसि सल्लाहकार त्रिलोक गुरुङ, महिला सचिवमा एनआरएनए हंकंगका निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिप गुरुङलाई उम्मेदवार बनाउने सहमति जुटेको छ ।
तीनै उम्मेदवारलाई निर्वाचनमा जीताउन एनसीसी हङकङ एक ढिक्का भएर लाग्ने ढकालले बताए । यसअघि निर्विरोध नेतृत्व चयन गरेर चर्चा कमाएको एनसीसी हङकङले आइसीसी चुनावमा पनि सहमतिमा उम्मेदवार चयन गरेको छ ।
यसपटक संघको केन्द्रीय समितिमा हङकङको दरिलो उपस्थिति रहने भएको छ ।
आइसिसिको निर्बाचन नजिकिएसँगै एनसीसी हङकङबाट तीन जनाले आइसीसीमा उम्मेदवारी दिने निर्णय भएको एनसीसी हङकङले जनाएको छ । सोमबार बसेको एनसीसी हङकङको बैठकले त्यहाँबाट तीन जनालाई चुनावी मैदानमा पठाउने निर्णय गरेको छ ।
आइसीसी उपाध्यक्ष, महिला सचिव र एसिया प्यासिफिक उपसंयोजकमा हङकङबाट उम्मेदवारको टुंगो लगाइएको अध्यक्ष गोकर्ण ढकालले बताए ।
ढकालका अनुसार उपाध्यक्षमा पूर्व एसिया प्यासिफिक संयोजक एवं आईसिसि सल्लाहकार त्रिलोक गुरुङ, महिला सचिवमा एनआरएनए हंकंगका निवर्तमान अध्यक्ष राधिका गुरुङ (टिका) र एसिया प्यासिफिक उपसंयोजकमा आइसीसी सदस्य दिलिप गुरुङलाई उम्मेदवार बनाउने सहमति जुटेको छ ।
तीनै उम्मेदवारलाई निर्वाचनमा जीताउन एनसीसी हङकङ एक ढिक्का भएर लाग्ने ढकालले बताए । यसअघि निर्विरोध नेतृत्व चयन गरेर चर्चा कमाएको एनसीसी हङकङले आइसीसी चुनावमा पनि सहमतिमा उम्मेदवार चयन गरेको छ ।


विश्व खबर 



















