काठमाडौं– अमेरिकामा मतदान सुरु भएको छ । ४३५ प्रतिनिधिसभा र १०० मध्येको ३५ सिनेट सदस्यका लागि मतदान सुरु भएको हो ।
सबैभन्दा पहिला मतदान भर्जिनियाको न्युजर्सीको भर्माउटमा सुरु भएको हो । अहिलेसम्म भएको निर्वाचनलाई आधार मान्ने हो भने मध्यावधि निर्वाचनमा राष्ट्रपति पदको निर्वाचनमा भन्दा कम मतदान भएको छ ।
सन् २०१८ मा अहिलेसम्म सबैभन्दा धेरै ५० प्रतिशत मत पाएको थियो । अर्ली इलेक्सनमा नै ५ करोडभन्दा बढी जना सहभागी भएका कारण विगतको भन्दा यस वर्ष धेरै मतदान हुने अपेक्षा गरिएको छ । न्यु योर्क, केन्टुकी र इन्डियानामा पनि मतदान सुरु भइसकेको छ ।
दुई वर्षअघि राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि उनको आप्रवासी नीति विवादमा रहेको थियो । यतिमात्र होइन धेरै देशमा उनले लगाएको भन्सार महसुलका कारण अन्य देशले पनि प्रतीकात्मक रूपमा अमेरिकामाथि नै कर लगाए । यसले अमेरिकाको अर्थतन्त्रमा पनि प्रभाव परेको छ ।
अहिले अरब अमेरिकन तथा मुस्लिम मतदातामा डेमोक्रेटतर्फ आकर्षण बढेको छ । मिचिगनमा अब्दुल सायदलाई डेमोक्रेटले सिनेट उम्मेदवार नै बनाएको हो । यसले निर्वाचन परिणामलाई पनि प्रभावमा पार्ने अनुमान गरिएको छ ।
अहिले रिपब्लिकन दल नै उनको विरुद्धमा लाग्ने र हास्य पात्र बनाउने काममा लागेको छ । यसले रिपब्लिकनलाई प्रतिकूल असर गर्ने अनुमान गरिएको छ ।






















