काठमाडौं– इजरायली सेनाले अधीनस्थ वेस्ट बैङ्कमा कार्यरत अल जजिराका पत्रकार मोन्सटर नासेरलाई गिरफ्तार गरेको छ । हेब्रन सहरको नजिक डुरामा आफ्नै घरमा रहेको अवस्थामा उनलाई गिरफ्तार गरेको हो । उनको आँखामा पट्टि बाँधेर सैन्य भ्यानमा राखेको दृश्य सार्वजनिक भएको छ ।
इरानको क्युसेम आइजल्यान्डमा अमेरिकाले विस्फोट गराएको घटना छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भूमिगत रूपमा आणविक हतियार राखेको आरोप लगाएको छ । अमेरिकी सुरक्षा अधिकारीले नियमित सैन्य अभ्यास अन्तरगत विस्फोट भएको र नयाँ कुनै आक्रमणको योजना नभएको दाबी गरेको छ ।
इरानले हुथी समुदायलाई हतियार सप्लाई गरेको भन्दै यमनले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा अपिल गरेको छ । राष्ट्र सङ्घका लागि यमनी दुत अब्दुल्लाह अल सादीले यो अपिल पत्र राष्ट्र सङ्घका निकायलाई यो विषयमा जानकारी गराएका हुन् ।

यमनले दिएको जानकारी अनुसार हुथीले नागरिक, मुख्य भौतिक संरचना र राज्यका प्रतिष्ठानहरूमा आक्रमण गरी रहेको छ । यमनले एडनको एयरपोर्टमा शुक्रवार आक्रमण भएको जनाएको छ । राष्ट्र सङ्घका रिलिफ चिफ टम फ्लेटचरले यमनमा ३ लाख जनाले घर छाडी सकेको बताए । उनले तत्काल यी सबै क्षेत्रमा यसरी राहत उपलब्ध गराउनु पर्ने बताए ।
अहिले यममा लगातार मूल्य वृद्धि भई रहेको छ भने अस्पतालमा इन्धन र औषधीको समेत अभाव भए पछि नियमित सञ्चालनमा पनि समस्या आएको छ । उनले विस्थापित भएका २ लाख ६० हजार जनाको सहयोगका लागि यमनका अधिकारीसँग सल्लाह गरेको पनि जानकारी दिएका छन् ।
अहिले मध्यपूर्वमा भएको समस्यामा राष्ट्रसङ्घ मात्र हैन, अन्य शक्ति राष्ट्रको पनि ध्यान जान थालेको छ । अहिले मध्यपूर्वमा चीनको पनि चासो बढेको हो । चिनिया विदेशमन्त्री वाङ यीले सोमबार इरानको सिनियर सुरक्षा अधिकारीसँग भेट गरेका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङले ओमानका सुलतान हइथम बिन तराकसँग दुई देशीय भ्रमणको कुरा गरेका छन् । वाङ यीले वार्ता मार्फत स्थायी शान्तिको प्रयास हुने बताए ।






















