काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण हरेक दिन बढेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट २२६३ जनाको मृत्यु भएको छ ।
भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ८६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ८६ हजार ९२० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ७३० जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड ६२ लाख ६३ हजार ६९५ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म एक करोड ३६ लाख ४८ हजार १५९ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा एक लाख ९३ हजार २७९ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
त्यस्तै अहिले भारतमा २४ लाख २८ हजार ६१६ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।त्यस्तै भारतमा अहिलेसम्म कुल २७ करोड ४४ लाख ४५ हजार ६५३ नमुना परिक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १७ लाख ४० हजार ५५० नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कुल १३ करोड ५४ लाख ७८ हजार ४२० जनाले कोरोनाको खोप लगाएका छन् ।


विश्व खबर 



















