images
images
  • एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम

    काठमाडौं – नेपाल आयल निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ ।

    निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरण सहज बनाउने र उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगहरूलाई गाभ्ने नीति लिइएको हो ।

    यसका लागि निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै एकापसमा गाभिने कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images