images
images
  • भारतमा निरन्तर आन्दोलनमा विपक्षी दल, मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारले राजीनामा नदिएसम्म जारी रहने

    काठमाडौं– भारतका विपक्षी दलहरूको गठबन्धन इन्डियाले मुख्य निर्वाचन आयुक्त ज्ञानेशकुमारले राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने घोषणा गरेका छन्।

    आइतबार रामलीला मैदानमा आयोजित विशालसभालाई सम्बोधन गर्दै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवलगायतले यस्तो घोषणा गरेका हुन् ।

    कांग्रेस नेता एवम् लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले नोभेम्बर १ का दिन रामलीला मैदानमा ‘भोट बचाओ देश बचाओ’ र्‍यालीको घोषणा गरेका थिए । सोही कारण हजारौं मानिस मैदानमा भेला भएका छन् ।

    भेलालाई सम्बोधन गर्दै कांग्रेस अध्यक्ष खडगेले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले युवा, महिला र दलितहरूको मत खोस्ने प्रयासको विरोध गर्न हामी यहाँ भेला भएका छौं।’

    उनले थप भने, ‘प्रधानमन्त्री मोदीले आफ्नो चेला स्थापित गर्नुभएको छ र सबैको मत विभाजन गर्ने काम गरिरहनुभएको छ। हामी आज यहाँ त्यो ज्ञानेश कुमारलाई हटाउन आएका छौं। उहाँलाई नहटाएसम्म हामी रोकिने छैनौं।’

    खडगेले भने ज्ञानेशकुमार भूमिगत भए पनि उनलाई बाहिर निकाल्ने चेतावनी दिए ।

    ‘प्रधानमन्त्री मोदी, तपाईं मानिसहरूलाई धम्काउन सीबीआई र ईडी प्रयोग गर्नुहुन्छ। तपाईंले यी एजेन्सीहरू प्रयोग गरिरहनुभएको धम्कीबाट हामी डराउने छैनौं’, उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images