images
images
  • सर्बियामा भुसिक युगको अन्त्य: विद्यार्थी आन्दोलनबाट उदाएको नयाँ सत्ताका चुनौती

    काठमाडौं- अन्ततः सर्बियामा अलेक्जेन्डर भुसिकको राज सकिएको छ । आइतबार सम्पन्न निर्वाचनले भुसिकको दल सर्बियन प्रोग्रेसिभ पार्टीले पराजयको सामना गर्नुपरेको छ । यो दलले १४ वर्षपछि हार व्यहारेको हो ।

    गएको डिसेम्बर महिनामा सर्बियामा निर्वाचनको घोषणा भएलगत्तै बेलग्रेडको अन्तर्राष्ट्रिय राजनीतिमा हुने भूमिकामा बारे धेरैलाई चासो रहेको थियो । भुसिकको बहिर्गमनपछि सर्बियाको अन्तर्राष्ट्रिय भूमिकाका बारे धेरैलाई खुलदुली रहेको छ ।

    पश्चिम बाल्कन देशमा यस घटनाले अर्थ राख्नसक्छ । साथै अनिश्चित पनि छ । बोस्निया एन्ड हर्जगोभिना, क्रोएसिया, मोन्टेनेग्रो तथा कोसोभोलाई भुसिकको अति राष्ट्रवादी सोचले आजित बनाएको छ । अन्तर्राष्ट्रिय राजनीतिका विज्ञहरू यो निर्वाचनले खासै ठुलो परिवर्तन नल्याउने बताउँछन् ।

    Serbia vucic

    अहिलेको सत्ताले सबै क्षेत्रलाई संस्थागत कब्जा गरेको छ । न्यायालय, प्रशासन र सुरक्षा निकायमा नै भुसिक सत्ताको उपस्थिति छ । यो नै सबैभन्दा सामना गर्नुपर्ने चुनौती पनि हो ।

    आइतबार सकिएको मतगणनाअनुसार विद्यार्थीको समूहले ५२.७१ र युनाइटेड सर्बियाले ३९.१७ प्रतिशत स्थानमा जित हात पारे । सोसलिस्ट पार्टीले भने २.१७ प्रतिशत सफलता पाएको छ । यो दलको थ्रेसहोल्ड घटेको छैन । विद्यार्थीको समूहले १४० र भुसिकको दलले १०४ संसदीय सिट हात पारेका छन् ।

    सर्बियाको छिमेकी देशसँगको कटु सम्बन्ध पनि अहिले कायम नै छ । त्यसैले अहिले निर्वाचित विद्यार्थी नेताका सामु धेरै चुनौती छन् । पहिलो चुनौती कोसोभो हो । सन् २००८ मा स्वायत्त भएको कोसोभालाई विद्यार्थी नेताहरूले सर्बियाको दाबी गरेका छन् । उनीहरूले भविष्यमा कोसोभोलाई वार्तामार्फत आफ्नो देशमा मिसाउने भन्दै विद्यार्थीको दस्ताले निर्वाचनमा सफलता पाएको थियो ।

    Serbia students

    धेरै तयारीविना नै भुसिकको सरकारले युरोपियन युनियनको सदस्यताका लागि पहल गरेको थियो । परन्तु विद्यार्थी नेताहरूको दाबी लोकप्रियताका लागि मात्र यो भएको हो । विद्यार्थी नेताहरू यस किसिमको ध्रुवीकरणको राजनीति गलत भन्दै यसको विरुद्धमा उत्रिएका थिए ।

    अहिले धेरै ग्याँस र तेल रुसबाट सर्बिया आउने गरेको छ । अन्तर्राष्ट्रिय कूटनीतिमा सफल भुसिकले युरोपियन युनियनको सदस्यताका लागि वार्ता अघि बढाउनुका साथै रुससँगको सम्बन्धलाई सुमधुर बनाएका थिए । यो दोहोरो सम्बन्ध कायम राख्नु नयाँ नेतृत्वका लागि ठुलो चुनौतीको विषय हो ।

    अहिलेसम्म कुनै पनि विद्यार्थी समूहतर्फका मुख्य उम्मेदवारले सर्बियाबाट युद्धग्रस्त क्षेत्रमा हतियार नजाने विषयमा प्रतिबद्धता जनाउन सकेका छैनन् । सर्बियाबाट केही हतियार युक्रेनमा पनि जाने गरेको थियो ।

    भुसिकको युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सुमधुर सम्बन्ध थियो ।

    विद्यार्थी आन्दोलनमार्फत नेतृत्वमा आउने क्रममा आन्दोलनका अगुवाहरूले भ्रष्टाचार निवारणका लागि भिन्न प्रहरीको सेल बनाउने घोषणा गरेका थिए । यसका लागि उनीहरूले सबै सार्वजनिक निकायमा रहेकाहरूको छानबिनको विषय उठाएका थिए । राज्यका निकायहरू भ्रष्टाचारमा लिप्त भएको विषयलाई भुसिकले भने अस्वीकार गरेका छन् ।

    Ilija Srdanovic Serbia

    सर्बियाको अर्थतन्त्रले एकातर्फ युरोपेली बजारमा असर गरेको छ । साथै अन्तर्राष्ट्रिय लगानीमा सर्बियाको अर्थतन्त्र धेरै निर्भर रहेको छ ।

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार सन् २०२६ मा आर्थिक वृद्धिदर ३ प्रतिशत तथा सन् २०२७ मा आर्थिक वृद्धिदर ४ प्रतिशत हुनेछ । सेप्टेम्बर महिनामा मुद्रास्फीति ४.१ प्रतिशत थियो । अगस्टमा रहेको २.२ को तुलनामा यो सूचाकाङ्क दोहोरो हो ।

    अहिले सर्बियाको अर्थतन्त्र ज्यालादरमा निर्भर रहेको हुन्छ । मजदुर हक र ज्यालाको निर्धारण अबको दिनमा विद्यार्थी आन्दोलनको समयमा उठेको माग हो । अहिलेको समयमा बजारको मोनोपोली हटाउने तथा महँगी नियन्त्रण गर्ने विषयमा पनि उठान भएको थियो । भ्रष्टाचार नियन्त्रण, आर्थिक सुशासन र विश्व बजारमा सर्बियाली श्रम बजारको मूल्यलगायत अबको नेतृत्वको चुनौती हो ।

    भुसिकको उदय र पतन

    serbia election 2026a

    भुसिकले सर्बियामा १४ वर्ष शासन गरे । सन् २०१२ देखि २०१४ को बीचमा उनी उपप्रधानमन्त्री थिए । सन् २०१४ देखि २०१७ सम्म उनी प्रधानमन्त्री भए । सन् २०१७ देखि २०२६ सम्म उनी राष्ट्रपति भएका थिए । यस समयमा उनले राज्यका प्रतिष्ठानहरूमा कब्जा जमाएका थिए ।

    आर्थिक वृद्धिदरका लागि उनले विभिन्न किसिमका सम्झौता गरे । उनले भाइब्रान्ट इजरायल ग्लोबल समिटमार्फत आर्थिक वृद्धिदरमा चासो दिएका थिए ।

    नाभी सोद रेलवे दुर्घटना उनको जीवनको एउटा कोशेढुङ्गा हो । यो नै उनको पतनको मुख्य कारण हो । छाना खसेर १६ विद्यार्थीको ज्यान गएपछि यसको विरुद्धमा ठुलो आन्दोलन भएको हो । विद्यार्थी आन्दोलनले उक्त घटनाको निष्पक्ष छानबिनको माग गरेको थियो । सोही समयदेखि लगातार दुवै वर्ष एउटा विद्रोहको आगो दन्किएको थियो ।

    आश्चर्यलाग्दो अन्तर्राष्ट्रिय सम्बन्ध कायम राखेका उनको लागि यो आन्दोलन सबैभन्दा आश्चर्यजनक थियो । वामपन्थी सत्ता भएका रुस र चीनसँग पनि भुसिकको सुमधुर सम्बन्ध थियो । युरोपेली युनियनको सदस्यताका लागि गरेको पहलले उनको कूटनैतिक चातुर्यलाई पुष्टि गर्छ ।

    सन् १९९० मा एउटै देशको रूपमा रहेको युगोस्लाभिया अहिले विभिन्न ६ राज्यमा विभाजित भइसकेको छ । सर्बियाको एउटा पुस्ताले थुप्रै गृहयुद्ध र बमवारीको सामना गरेको छ । विद्यार्थी आन्दोलनबाट आएको नेतृत्वले अब कुन बाटो तय गर्ने हो प्रतीक्षाको विषय हो ।

    – अल जजिरा, रोयटर्स, बीबीसीलगायतको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images