images
images
  • एनपीएल तेस्रो संस्करणः कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको सामान्य लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनायो ।

    कर्णालीका लागि अरिफुल अस्लमले सर्वाधिक ४३ रन बनाए । त्यस्तै पवन सर्राफले ३७, दीपक दुम्रेले १३ र गुलशन झाले १२ रनको योगदान दिए ।

    जनकपुर बोल्टसका लागि हर्मित सिंहले तीन र मोइन अली र राहुल यादवले समान दुईदुई विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images