images
images
  • गुल्मीमा स्कार्पियो दुर्घटनाः ६ जनाको मृत्यु, ३ घाइते

    गुल्मी– गुल्मीको कालीगण्डकी गाउँपालिका- २ अर्बेनीको दबौखानीमा स्कार्पियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    स्याङ्जाको वालिङबाट गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोट हुँदै राक्सेतर्फ जाने क्रममा बा ०२२० नम्बरको स्कार्पियो सोमबार दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी मृत्यु हुनेमा चालक स्याङ्जा वालिङ नगरपालिका- २ का ६७ वर्षीय दिलीपकुमार बगाले, वालिङ नगरपालिका- १० का ६० वर्षीय शिव पराजुली, गुल्मीको कालीगण्डकी गाउँपालिका- १ सिरकोटका ५० वर्षीय लोकनाथ पाण्डे, सोही स्थानकी सीता पाण्डे र कुलानन्द पाण्डे तथा वालिङ नगरपालिका- २ की नीता बगाले रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    दुर्घटनामा ज्यान गुमाउनेहरुमा पाँच जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । नीता बगालेको उपचारका क्रममा स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार दुर्घटनामा परी कालीगण्डकी गाउँपालिका- १ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका- १० का बालकृष्ण सुवेदी घाइते भएका छन् । घाइतेमध्ये छविलालको अवस्था गम्भीर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images