images
images
  • १२ वर्ष अघिका श्रीलंकाली स्टार म्याथ्युज अहिले विराटनगर किङ्समा

    काठमाडौं-  यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा आबद्ध हुन आएका विदेशी क्रिकेटरमध्ये एन्जेलो म्याथ्युज सम्भवतः सबैभन्दा पाका खेलाडी हुन् ।

    सन् १९८७ जुन २ मा कोलम्बोमा जन्मिएका उनी ३९ वर्ष पूरा भइसकेका छन् । फिटनेसका आधारमा उनको प्रदर्शनमा शङ्का गर्ने स्थान भए पनि उनको अनुभव विराटनगर किङ्सका लागि महत्त्वपूर्ण सावित हुन सक्नेछ ।

    अलराउन्डर उनले ११९ टेस्ट खेल्दै ८२१ रन बनाएका छन् । यसैगरी २२६ एकदिवसीयमा ५ हजार ९१६ रन बनाएका छन् । यसअघि उनले लङ्का प्रिमियर लिग र आईपीएलमा सहभागिता जनाएका थिए ।

    उनले सन् २०१४ मा भएको इङ्ल्यान्डविरुद्धको टेस्टमा पहिलो पारीमा ४ विकेट लिँदै ४४ रन खर्चेका थिए । दोस्रो पारीमा उनले १६० रन बनाएका थिए । सोही प्रदर्शनका कारण उनी म्यान अफ द म्याच पनि घोषित भएका थिए । उनको यसै प्रदर्शनका कारण श्रीलङ्काले टेस्टमा पनि अन्तिम बलमा सफलता पाएको थियो ।

    त्यसअघि पनि उनले इङ्ल्यान्डसँगको खेलमा १०२ रनमात्र बनाएनन्, अन्तिम विकेट जोगाएर आफ्नो टोलीलाई हारबाट बचाएका थिए ।

    सन् २०१४ मा उनी साँच्चै बेजोड फर्ममा थिए । अबुधावीमा पाकिस्तानसँग भएको खेलमा उनले ९१ रन र १५७ रन प्रहार गरेका थिए । त्यसमा उनी प्लेयर अफ द म्याच भएका थिए ।
    सन् २००९ मा कोलम्बोमा भारतसँग भएको एकदिवसीय खेलमा उनले ६ विकेट लिएका थिए ।

    सन् २०१४ मा राँचीमा भारतसँग भएको एकदिवसीय खेलमा उनले १३९ रन बनाएका थिए । २८७ रनको लक्ष्य पछ्याएको भारतले ८ बल बाँकी रहँदा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

    लाहिरु थिरिमान ५२ रनमा आउट भए पनि अर्को छेउबाट ब्याटर आउट भए पनि उनी एक्लैले पारी सम्हालेर आफ्नो टोलीलाई सम्मानजनक स्कोर बनाउन सहयोग गरेका थिए । सो खेलमा उनले ७ ओभर बलिङ गरेर ३३ रन खर्चेर २ विकेट समेत लिएका थिए ।

    सो खेलमा अनौठो संयोग देखिएको थियो । भारतीय कप्तान कोहली र श्रीलङ्काका कप्तान म्याथ्युज दुवै १३९ रनमा अविजित रहेका थिए ।

    अहिले उनले सबैखाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । सन् २०१४ मा श्रीलङ्काले टी २० विश्वकप जित्दा उनी टोलीका मुख्य खेलाडी थिए । वेस्ट इन्डिजसँगको सेमिफाइनलमा उनले २३ बलमा ४० रन बनाएका थिए । भारतसँगको फाइनलमा २५ रन दिएर १ विकेट लिएका थिए ।

    सन् २००९ को टी २० तथा २०११ को एकदिवसीय विश्वकपमा उनको टोली श्रीलङ्का उपविजेता बनेको थियो । सन् २०१२ को टी २० विश्वकपमा पनि श्रीलङ्का उपविजेता बनेको थियो । १२ वर्षअघि उनको बेजोड फर्म हेर्नेहरू अहिले पनि धेरै आशावादी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images