images
images
  • विश्वकपअघि नेपाली यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

    काठमाडौं- नेपाली यू-१९ महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्यान्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।

    क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यू-१९ गर्ल्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्यान्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ ।

    उक्त शृङ्लामा नेपाल यू-१९ महिला टोलीका साथै भारत यू-१९ महिला ‘ए’ र ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images