images
images
  • इक्वेडरको जेलमा झडपः ८ कैदीको मृत्यु, १० जना घाइते

    काठमाडौं- इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सुधार अधिकारीहरूका अनुसार कोटोपाक्सी कारागारमा चार र पिचिनचा कारागारमा थप चार जनाको मृत्यु भएको हो ।

    इक्वेडरका जेलमा सन् २०२१ यता ५०० भन्दा बढी कैदीको मृत्यु भइसकेको छ । केही कारागार सैन्य नियन्त्रणमा रहे पनि लागुऔषध तस्करीमा संलग्न गिरोहहरूले जेलभित्रैबाट अधिकारीहरूलाई चुनौती दिँदै आएका छन् ।

    उनीहरूले जेलबाटै हत्या र जबरजस्ती असुली जस्ता आपराधिक गतिविधिको आदेश दिने गरेका छन् ।

    अधिकारीहरूले पछिल्लो झडपमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई अधिकतम सुरक्षा व्यवस्था भएको ‘एल एन्कुएन्ट्रो’ कारागारमा सारिने बताएका छन् ।

    राष्ट्रपति डानियल नोबोआको सरकारले देशका सर्वाधिक खोजीमा रहेका अपराधीलाई राख्न उक्त कारागार निर्माण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images