images
images
  •  झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

    काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल बुधबार ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका छन्। सचिवालयका अनुसार उनी आज दिउँसो १२ बजे अस्पतालबाट घर फर्किएका हुन्।

    सचिवालयले खनालको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र उनी घरमै आराम गरिरहेको जनाएको छ। केही दिन आराम गरेपछि उनी पुनः सार्वजनिक कार्यक्रममा सहभागी हुने जनाइएको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको डा. रोशन राउतको नेतृत्वमा रहेको मेडिकल टोलीले उपचार गरेको थियो। उपचारमा नर्सिङ टोली तथा अन्य स्वास्थ्यकर्मीको पनि सक्रिय सहभागिता रहेको सचिवालयले उल्लेख गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images