images
images
  • ट्रम्पसँग भड्किए म्याक्रोन: भने- इस्लामी र आप्रवासी भीडको आरोप अस्वीकार्य र मूर्खतापूर्ण

    काठमाडौं- फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोनले आफ्ना देशमा भएका हिंस्रक विरोध प्रदर्शनहरूमाथि विदेशी नेताहरूले गरेको टिप्पणीलाई ‘अस्वीकार्य’ र ‘मूर्खतापूर्ण’ बताएका छन् ।

    उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टिप्पणीहरूको पनि कडा शब्दमा प्रतिवाद गरेका छन् । ट्रम्पलगायतले फ्रान्समा भएको हिंसाका लागि कथित रूपमा आप्रवासीहरूलाई जिम्मेवार ठहराएका थिए ।

    ट्रम्पले शनिबार प्रदर्शनहरू हिंस्रक भएदेखि नै फ्रान्समा भएको हिंसा र लुटपाटको बारम्बार चर्चा गरिरहेका छन् । उनले मतदाताहरूलाई चेतावनी दिँदै भनेका छन्, ‘एकपटक फ्रान्सलाई हेरून् ।’

    ट्रम्पले हिंसाका लागि आप्रवासीहरूलाई जिम्मेवार ठहराउँदै ‘पेरिस छिट्टै एउटा मुस्लिम सहर बन्नेछ’ भनी बताएका थिए ।

    म्याक्रोनले के दिए जवाफ ?

    म्याक्रोनले बुधबार बताएअनुसार विदेशी हस्तक्षेपका कारण दंगा भड्किएको भन्ने कुनै प्रमाण छैन ।

    कतारको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘प्रदर्शनसँग जोडिएका सूचनाहरूसँग विदेशी स्तरमा छेड़छाड़ गरिएको छ। यसका कारण धेरै विदेशी नेताहरूले यस्ता टिप्पणीहरू गरेका छन्, जुन अस्वीकार्य र मूर्खतापूर्ण छन् ।’

    म्याक्रोनले भने, ‘हामीले एआई (कृत्रिम बुद्धिमत्ता) बाट तयार गरिएका यस्ता तस्बिरहरू देखेका छौं, जसमा यस्ता दृश्यहरू देखाइएका छन्, जुन फ्रान्समा कहिल्यै भएका थिएनन् । केही मानिसहरूले दाबी गरेका छन् कि आप्रवासी र इस्लामवादीहरूको भारी भीड फ्रान्समाथि आक्रमण गरेको छ, जबकि यो पूर्ण रूपमा झूट हो ।’

    उनले थपे, ‘हाम्रो प्रयोग गरेर मानिसहरूले आफ्ना राजनीतिक अभियानहरू चलाइरहेका छन् । चाहे ती केही क्षेत्रमा होऊन् वा आन्ध्र महासागर (अटलान्टिक) को अर्को किनारमा ।’

    म्याक्रोनलाई उनको सङ्केत डोनाल्ड ट्रम्पतर्फ हो भन्ने पत्रकारहरुको प्रश्नमा उनले जवाफ दिए, ‘अन्य मानिसहरूसँगै उनी पनि ।’

    उनले थपे, ‘उनीहरूले आफ्ना राजनीतिक अभियानहरूका लागि हाम्रो देशको प्रयोग गरिरहेका छन् । हामीलाई यसको आवश्यकता छैन । हाम्रासामु पहिले नै सामना गर्नुपर्ने धेरै कठिनाइहरू छन् ।’

    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि फ्रान्समाथि ‘कट्टरपन्थी इस्लामको आक्रमण’ भएको बताएका छन् ।

    यद्यपि विश्लेषकहरूले ती दाबीहरूलाई खारेज गरेका छन्, जसमा फ्रान्समा विरोध प्रदर्शनहरूको पछाडि आप्रवासीहरू मुख्य कारण हुन् भनिएको छ ।

    फ्रान्समा किन भइरहेका छन् प्रदर्शन ?

    म्याक्रोन र उनको सरकार यस सङ्कटसँग जुध्न सङ्घर्ष गरिरहेका छन् । यो सङ्कट आगामी राष्ट्रपतीय चुनावभन्दा ६ महिना अगाडि आएको छ, जसमा म्याक्रोनका उत्तराधिकारीको चुनाव हुनुपर्नेछ ।

    सरकारले गएको शनिबार ठूलो परिमाणमा भएका दंगाको समयमा उसको ूनियन्त्रण गुमेकोू स्वीकार गरिसकेको छ ।

    महँगी र जीवनयापनको बढ्दो लागतविरुद्ध फ्रान्समा विरोध प्रदर्शन भइरहेको छ । जुन गएको शनिबार व्यापक हुँदै हिंसा र लुटपाटमा परिणत भएको थियो ।

    -एजेन्सीहरुको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images