काठमाडौँ । यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई फिर्ता हुन ९देश छाड्न० आदेश दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले सामाजिक सञ्जाल ‘एक्स’मार्फत साउदी अरबमा रहेका गैर९आकस्मिक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारलाई फिर्ता बोलाइएको पुष्टि गरेका छन् । इरान समर्थित हुथीहरूले साउदी अरबविरुद्ध आक्रमण बढाउँदै नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारहरूलाई लक्षित गरेको तथा त्यसबाट सर्वसाधारणको ज्यान जानुका साथै यात्रामा गम्भीर अवरोध उत्पन्न भएको प्रवक्ता पिगटले उल्लेख गरेका छन् ।
बढ्दो सुरक्षा जोखिमका कारण साउदी अरबमा कर्मचारीको उपस्थिति घटाइरहँदा त्यस क्षेत्रका अन्य केही अमेरिकी कूटनीतिक नियोगहरूले पनि हुथीको सम्भावित खतरालाई ध्यानमा राख्दै कर्मचारी व्यवस्थापनमा फेरबदल गरिरहेका छन् ।
विदेश मन्त्रालयले बुधबार एक ‘सुरक्षा सतर्कता’ जारी गर्दै अमेरिकी नागरिकहरूलाई विमानस्थलहरूमा हुन सक्ने सम्भावित आक्रमण र यात्रा अवरोधबारे सचेत रहन आग्रह गरेको छ । पछिल्ला साताहरूमा हुथीहरूले रियाधस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल, साउदी सैन्य प्रतिष्ठान, तेल पूर्वाधार र सामुद्रिक मार्गलाई लक्षित गरी शृंखलाबद्ध आक्रमणहरू गरेपछि यो चेतावनी आएको हो । नयाँ निर्देशनअनुसार साउदीमा कार्यरत अमेरिकी सरकारी कर्मचारीहरूले हालैका मिसाइल तथा ड्रोन आक्रमणपछि त्यहाँका कुनै पनि विमानस्थल प्रयोग गर्न नियोग प्रमुख ९चिफ अफ मिसन० बाट विशेष अनुमति लिनुपर्नेछ ।
यसैबिच, बुधबार साउदी अरबले कम्तीमा सातवटा ड्रोन निष्क्रिय पारेको जनाएको छ। त्यसमध्ये पूर्वी प्रान्तस्थित शायबाह तेल क्षेत्रलाई लक्षित गरी गरिएको एक आक्रमणमा दुई विदेशी कामदारको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार पक्षधर र साउदी समर्थित फौजले विभिन्न मोर्चामा हुथीविरुद्ध कारबाही विस्तार गरेका छन् भने साउदी वायुसेनाले हवाई सुरक्षा प्रदान गरिरहेको छ । अमेरिकाले पनि गुप्तचरी र सूचना आदानप्रदानमार्फत साउदी अरबलाई सैन्य सहयोग बढाएको छ । यद्यपि, साउदीले हुथीविरुद्ध थप आक्रामक सहयोग मागे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाल
साउदी अरबमाथि आक्रमण बढ्दै गएपछि अन्य मित्रराष्ट्रहरूले पनि सहयोगको दायरा बढाएका छन् । बेलायतले हुथी आक्रमणबाट साउदी अरबको रक्षा गर्न लडाकु विमानहरू तैनाथ गर्ने जनाएको छ भने इजिप्टले पनि सबै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।






















