images
images
  • दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

    काठमाडौं- दक्षिण सुडानको बजार नजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ ।

    मृतकमध्ये घर फर्कन ट्रक चढ्ने प्रतीक्षामा रहेका यात्रु धेरै रहेको एक चिकित्सक स्रोत र प्रत्यक्षदर्शीले सोमबार बताएका छन् ।

    प्रत्यक्षदर्शी अहमद अबाकर वादीका अनुसार आइतबार साँझ पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा उक्त आक्रमण भएको थियो । सञ्चार सेवा अवरुद्ध रहेकाले उनले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका हुन् ।

    वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए । मृतकमध्ये उनका आफ्नै भाइ मोहम्मद पनि थिए ।

    उनका अनुसार आक्रमणमा घाइते भएका अन्य ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनीहरूमध्ये ३० जनाको मृत्यु भएको जानकारी एक चिकित्सक स्रोतले एएफपीलाई दिएको छ ।

    आक्रमणमा ठूलो सङ्ख्यामा मानिसको ज्यान गए पनि घटनाको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images