images
images
  • अशान्त फ्रान्स: केही शहरहरूमा कर्फ्यु लगाउन प्रधानमन्त्रीको आग्रह

    काठमाडौं- फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले व्यापार व्यवसायको सुरक्षाका लागि क्षेत्रीय अधिकारीहरूलाई केही शहरहरूमा आंशिक र स्थानीय कर्फ्यू लगाउन आग्रह गरेका छन् ।

    सप्ताहन्तमा फ्रान्समा भएका प्रदर्शनहरू सबैभन्दा खराब सडक हिंसामा परिणत भएपछि प्रधानमन्त्री लेकोर्नुले उक्त आग्रह गरेको अलजजिराले उल्लेख गरेको छ ।

    फान्समा हिंसात्मक घटना भएपछि राष्ट्रपति इमानुएल म्याक्रोनले पूर्वानुमान र गुप्तचर सूचनामा कमजोरी भएको स्वीकार गरेका छन् । तर गृहमन्त्री लोरेन्ट नुनेजको राजीनामालाई भने उनले अस्वीकार गरेका छन्। गृहमन्त्री नुनेजले मुख्यतया महँगी र जीवनयापनको सङ्कटलाई लिएर भएका दिनहुँका हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रण गुमाएको स्वीकार गरेका थिए । उनले उक्त घटनाको नैतिक जिम्मेवारी पदबाट राजीनामा पनि दिएका थिए ।

    शनिबार राष्ट्रव्यापी रूपमा ठूलो मात्रामा लुटपाट र आगजनी फैलिएपछि प्रहरी र प्रदर्शनकारीहरूबीच भएको झडपमा झन्डै २ हजार ४०० जना पक्राउ परेका छन् । त्यस्तै करिब १ हजार प्रहरी तथा सुरक्षाकर्मी घाइते भएका छन्। आइतबार पनि थप गिरफ्तारी र लुटपाटका घटनाहरू दर्ता भएका बताइएको छ ।

    घरजग्गाको बढ्दो मूल्य र महँगीलाई लिएर इटाली, पोर्चुगल र स्पेन लगायत अन्य युरोपेली राष्ट्रहरूमा पनि यस्तै किसिमका प्रदर्शनहरू सुरु भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images