images
images
  • मुख्यसचिव कार्कीको जागिर जोगाउन प्रधानमन्त्री बालेनले रोकेका थिए संघीय निजामती अध्यादेश

    काठमाडौं– निजामती कर्मचारीको अवकाश र सेवासुविधासम्बन्धी संघीय निजामती सेवा ऐन विधेयक अध्यादेशबाट जारी नहुने भएको छ ।

    विधेयक संसदको आगामी हिउँदे नियमित अधिवेशनबाट पारित गर्ने सरकारको तयारी छ । विधेयक दर्ता गरेकै दिन प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरिएपछि अध्यादेशबाट जारी गरिन लागेको धेरैको आशंका थियो । जसकै कारण सयौं कर्मचारीले राजीनामा दिएका थिए ।

    अध्यादेश जारी हुँदा मुख्यसचिव गोविन्दबहादुर कार्कीको जागिरसमेत जाने भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले त्यसलाई रोकेको बुझिएको छ ।

    अध्यादेशमा ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहदको व्यवस्था छ । उक्त व्यवस्थाअनुसार जुन पहिला हुन्छ, त्यसको आधारमा अनिवार्य अवकाशमा जानुपर्ने हुन्छ । मुख्यसचिव कार्कीको उमेर ५५ वर्ष कटेकाले सरकारले तत्काललाई उक्त अध्यादेश रोकिएको स्रोतले बताएको हो ।

    अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई आगामी माघमा अवकाश भएपछि मुख्यसचिव कार्कीलाई अख्तियार प्रमुख बनाउने प्रधानमन्त्री शाह र उनको सचिवालयको रणनीति रहेको पनि उक्त स्रोतले बतायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images