images
images
  • शान्ति सम्झौताबीच पनि रोकिएन दक्षिणी लेबनानमा इजरायलको आक्रमण

    काठमाडौं– इजरायली सेनाले दक्षिणी लेबनानका विभिन्न सहर तथा क्षेत्रमा बुधबार पनि आक्रमण जारी राखेको छ । सेनाले तोपखाना र मेसिनगनबाट गोलाबारी गर्नुका साथै विभिन्न स्थानमा विस्फोट गराएको लेबनानको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

    समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको पश्चिमी क्षेत्रमा पर्ने अल-मन्सुरी र मजदल जोन सहरलाई निशाना बनाएको छ । बुउत अल–सैय्यदतर्फ पनि मेसिनगनबाट गोली प्रहार गर्दै सैन्य कारबाही गरिएको छ ।

    त्यसैगरी तोपखानाबाट हददा र बाराचित सहरका बाहिरी क्षेत्रमा आक्रमण गरिएको छ । बिन्ट जेबिल जिल्लामा पर्ने हरिस र हददा सहरबीचको अल-अरयेश क्षेत्रमा पनि आक्रमण भएको छ । सकरा र वादी अल-सलौकी आसपासका क्षेत्रमा समेत गोलाबारी गरिएको समाचारमा उल्लेख छ ।

    लेबनान र इजरायलले गत जुनमा अमेरिकाको मध्यस्थतामा सुरक्षा व्यवस्थासम्बन्धी रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा लेबनानी सेनाको चरणबद्ध तैनाथी, इजरायली सेनाको फिर्ती तथा पुनर्निर्माण र आर्थिक सुधारका उपाय समेटिएका छन् ।

    यद्यपि सम्झौतामा उल्लेख गरिएका प्रावधान कार्यान्वयनमा विभिन्न अवरोध कायमै रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images