images
images
  • १३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदन हुन बाँकी

    काठमाडौं– विभिन्न देशका लागि सरकारले सिफारिस गरेका १३ जना राजदूतको संसदीय सुनुवाइ सकिएको छ ।

    सोमबारदेखि सुरु भएको सुनुवाइ बुधबार सम्पन्न भएको हो ।

    मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, स्पेन, जापान, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको थियो ।

    सुनुवाइ सकिए पनि प्रस्तावित राजदूतहरूको संसदीय अनुमोदन हुन बाँकी छ ।

    अहिले समितिमा अनुमोदनसम्बन्धी छलफल भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images